प्रदेश ४ का सभामुख अधिकारीको स्वाथ्य अवस्था बुझ्न प्रचण्ड पुगे अस्पताल
/३१ बैशाख २०७५, सोमबार ०४:२० , प्रकाशीत
शुभेच्छा न्यूज काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका छन् ।
शुक्रवार अपरान्ह लडेर गम्भीर घाइते भएका सभामुख अधिकारीको स्वास्थ्य स्थिति बुझ्न अध्यक्ष प्रचण्ड मेडिसिटी अस्पताल पुगेका हुन् ।
उपचारमा सम्लग्न चिकित्सकहरुसँग अध्यक्षले सभामुख अधिकारीको स्वास्थ्यमा भइरहेको प्रगतिबारे जानकारी लिएका थिए । अध्यक्ष प्रचण्डले अधिकारीका परिवारजनसँग पनि भेट गरी घटनाको बारेमा जिज्ञासा राखेका थिए ।
वरिष्ठ न्यूरो सर्जन डा. गोपालरमण शर्मा नेतृत्वको चिकित्सक टोलीले सभामुख अधिकारीको उपचारमा भइरहेको सुधारका बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । अकस्मात मस्तिष्क घात भएका अधिकारीलाई पोखराका फेवासिटी, मेट्रोसिटी र मनिपाल अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट शनिवार बिहान काठमाडौं लगिएको थियो।
शुभेच्छा न्यूज
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका छन् ।

Related