मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल नियुक्त
/१ जेष्ठ २०७५, मंगलवार १०:३० , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा, मुक्तिनाथ विकास बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । यसअघि, बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई सीईओमा नियुक्त गरी पदस्थापन गरिएको हो ।
बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गरी करिब १९ वर्ष उक्त बैंकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । सोपश्चात उनले ६ वर्ष मेगा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।

Related