• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुण्डागर्दी बिरुद्ध कास्की प्रहरी आक्रामक ः प्रहरी उपरिक्षक राना

  •      /२ जेष्ठ २०७५, बुधबार ०९:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले जिल्लामा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।
    तीन दिन अघि मात्र कास्कीको कमाण्ड सम्हालेका रानाले सुशासन र शान्तिसुरक्षामा चुनैति दिने तत्वलाई आफुले प्रमुख निशाना बनाउने बताएका हुन्। कास्कीमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न गुण्डागर्दी बिरुद्ध आक्रामक बन्ने बताए।
    भर्खरै कास्कीको कमाण्ड सम्हालेका उपरिक्षक रानाले आफुलाई कास्की प्रहरी प्रमुखको कमाण्ड सम्हालेका दिनदेखि केही ब्याक्तिले गुण्डा संग साँठगाँठ भएको भन्दै दिग्भ्रमीत पारेको भन्दै कुनै गुण्डासंग साँठगाँठ गरेको प्रमाण भए प्रमाणीत गर्न चुनौती दिए।
    प्रमुख रानाले आफुलाई आम जनमानसमा गलत सावित गर्न केही अनलाइनहरुले गुण्डासंग साँठगाँठ बढाएको भनी कपोकल्पित र भ्रामक समाचार सम्प्रेशण गरेको भन्दै प्रमाण सहित प्रस्तुत हुन आग्रह गरे । ‘गुण्डासंग साँठगाँठ भएको प्रमाणीत गरेर देखाए म प्रहरी सेवा नै छाड्न तयार छु ’उनले भने। ‘भ्रामक समाचार फैलाउनेलाई कारवाहीको दायरामा ल्याएरै छाड्छु।’
    बुधवार पोखराका संचारकर्मीहरु संगको परिचयात्मक कार्यक्रममा रानाले एक महिना भित्र कास्कीमा रहेका गुण्डाहरुको तीन पुस्ते संकलन गरी कारबाही थाल्ने वताए। ‘गुण्डासंग साँठगाँठ छकी के छ कास्केलीले एक महिनाको अवधीमा प्रष्ट देख्नेछन्’ उनले भने।
    विशेष गरी आर्थिक वर्षको अन्त्यमा बिकासका कामहरु तीव्र रुपमा हुने भएकाले बिकास निर्माणका कार्यहरुमा बाधा अवरोध गर्ने जो कोहीलाई सार्वजनिक मुद्धा लगाएर कारबाही गर्ने रानाले बताए। कहिकतै बाधा ब्यवधान उत्पन्न गराए तुरुन्त प्रहरीलाई खवर गर्न उनले आग्रह गरे।
    कास्कीको शान्तिसुरक्षा कायम गर्न १२ बुदै योजना सार्वजनिक गर्दै रानाले पहिलो प्राथमिकतानै गुण्डागर्दी, हप्ता असुली, चन्दा संकलन गर्नेका बिरुद्ध आक्रमकरुपमा कारवाही गर्ने योजना सुनाए।
    यसैगरी प्रमुख रानाले कालोबजारी, लागुऔषध, वेश्याबृत्ती, चोरी, डकैती, घरेलु हिंसा नियन्त्रणका लागी विशेष प्रहरी फोर्स गठन गरी काम अगाडी वढाउने जानकारी दिए।
    त्यसैगरी प्रहरी प्रशासनको प्रशासनीक सुधारको छिट्टै प्रहरी एप्स सञ्चालनमा ल्याएर सर्वसाधारण जनतालाई प्रहरीको सेवा चुस्त दुरुस्त बनाउने आफ्नो योजना सार्वजनिक गरे ।
    प्रहरी कर्मचारीबाट कोही कसैलाई नियतबस दुखः दिएको भेटिएमा र प्रहरी आचारण विरुद्ध काम गरेको अवस्थामा त्यस्ता प्रहरीलाई जागिरबाटै बिदा गर्ने बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.