• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मिटर नचलाई यात्रु ठग्नखोज्ने ३६ ट्याक्सी प्रहरी नियन्त्रणमा

  •      /२ जेष्ठ २०७५, बुधबार १६:०२ ,  प्रकाशीत
  • पोखरा ३ जेठ । कास्की प्रहरीद्धारा पांच घण्टाको अवधिमा मिटरमा नचल्ने ३६ वटा ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । बुधवार दिउसो १ बजे देखी ५ बजेको अवधिमा राखिएको चेकिङको क्रममा मिटरमा जान नमानेका र मिटर सञ्चालन नगरी यात्रु ओसार पोसार गरेका ३६ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइ कारबाही गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले वताए ।
    तत्कालिन प्रहरी उपरिक्षक अशोक सिंहको पालादेखी ट्याक्सीमा मिटर सञ्चालनमा ल्याएको र सोही अनुरुप आफुले पनि ट्याक्सीमा मिटर चेकिङलाई निरन्तरता दिएको भएतापनि आफ्नो कारबाही प्रकृया भने सिंहको भन्दा फरक रहेको वताए ।

    रानाले भने अघिल्लो एसपिले के गरे त्यो थाहा भएन तर मैले ट्याक्सी चालकहरुलाई पहिलो पटक सुध्रन मौका दिएको छु । कारबाहीको क्रममा ट्याक्सी चालकलाई पहिलोपटक सुध्रन मौका दिएर चालकलाई छाड्ने गरेको र दोश्रो पटक पनि ट्याक्सीमा मिटर सञ्चालन नगरेको खण्डमा सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाई कारबाही गर्ने समेत वताए । नियन्त्रणमा लिएका ट्याक्सीहरुको लागत राखिने भएकाले दोश्रो पटक पक्राउ पर्ने ट्याक्सी कुनैपनि हालतमा छुट नपाउने रानाले वताए । ट्याक्सीमा चढ्दा मिटरमा जान नमानेमा १०० वा १०३ मा फोन गरी जानकारी दिन समेत रानाले यात्रुहरुलाई आग्रह गरेका छन ।

    त्यसैगरी रानाले कास्कीको कमाण्ड सम्हाल्ने बित्तिकै चोरी र लागुऔषध ओसारपोसारमा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको छ । रानाले कास्कीको कमाण्ड सम्हालेको तीन दिनको अवधिमा चोरी गर्ने दुइ र लागुऔषध ब्राउन सुगर बिक्री वितरण गर्ने दुइ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । प्रहरीले जेठ १ गते पोखराको इन्द्रचोकबाट ब्राउन सुगर सहित पोखरा १० घलेचोक बस्ने जुना नेपाली र पोखरा १५ का सुवास रानालाई ९ पोका ब्राउन सुगर सहित पक्राउ गरेको हो । संकास्पद अवस्थामा हिडिरहेको अवस्थामा नेपाली र रानालाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले ९ थान ब्राउन सुगर सहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.