ओली सरकार आएपछि चौथो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ
/३ जेष्ठ २०७५, बिहीबार ०३:५५ , प्रकाशीत
काठमाडाैं : नेपाल अायल निगमले ग्यास र हवार्इ इन्धन बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य आज मध्यरातदेखि लागू हुने गरी बढाएको छ।
ओली सरकार गठन भएपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हो। पछिल्लो पटक वैशाख १९ गते पेट्रोलमा दुई रुपैयाँ र डिजल र मट्टितेलमा तीन रुपैयाँ प्रति लिटर मूल्य बढाइएको थियो।
इण्डियन आयल कर्पोरेशन(आइओसी)ले मे १५मा पठाएको नयाँ मूल्य अनुसार निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा दुर्इ रुपैयाँ बढाएको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा अब पेट्रोल लिटरको १ सय १० रुपैयाँ र डिजल तथा मट्टितेलको खुद्रा मूल्य ९२ रुपैयाँ पर्नेछ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार निगमलार्इ पेट्रोलमा लिटरमा ७२ पैसा र डिजलमा २ रुपैयाँ २९ पैसा घाटा छ। निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले निगम ब्रेक इभनमा रहेको बताए। ‘निगमले मूल्य बढाएपछि नाफा न घाटाको अवस्थामा छ’उनले भने।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट आयलको मूल्य ७८ अमेरिकी डलर पुगेको र डलरको भाउ पनि आकासिएकोले मूल्य बढाउन बाध्य भएको हो।
ओली प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पेट्रोलको भाउ प्रति लिटर दुई रुपैयाँ बढाएर प्रति लिटर १०५ रुपैयाँ बनाइएको थियो। त्यतिबेला डिजल र मट्टितेलको भाउ बढाइएको थिएन (प्रति लिटर ८५ रुपैयाँ थियो)।
पछिल्लो पटक २०७१ साल फागुनमा पेट्रोलको भाउ प्रति लिटर ११० रुपैयाँ पुगेको थियो। करिब एक महिना कायम रहेको सो मूल्य त्यसपछि घट्दै २०७३ साउनमा प्रति लिटर ९७ रुपैयाँसम्म पुगेको थियो।

Related