पोखरा । नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा बिहिबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो। तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ। विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ।
शुभेच्छा न्यूज

Related