पोखराको लेकसाइडमा प्रहरी छापा पौन धन्दा चलाएको आरोपमा होटल सञ्चालक सहित १० पक्राउ
तपाईको प्रतिक्रिया





पोखरा । पोखराको लेकसाइडबाट यौन व्यवसायमा संग्लन १० जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।बिगत लामो समयदेखि पोखराका विभन्न क्षेत्रमा यौन धन्दा मौलाएको जनगुनाशो आएपछि भर्खर कार्यभार समालेका एसपी ओम बहादुर रानाले कारवाहीलाई तिव्रता दिएका हुन्।
पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ लेकसाइड स्थित होटल योकोहामामा अबैध रुपमा यौन ब्यबसाय संचालन भइरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले गरेको छड्के जाँचका क्रममा १० जना पक्राउ परेका हुन् ।
प्रहरीले ७ युवाती सहित ४ युवालाई पक्राउ गरेको छ । त्यस मध्येमा होटल संचालक सहित यौन व्यवसायमा सघाउ पुर्याउने ट्याक्सी चालक समेत पक्राउमा परेका छन् ।
पक्राउ परेका मानिसहरुलाई मानव वेचविखन मुद्वामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएकोछ ।
Related