गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि अब ट्राफिक जरिवाना बढ्ढेको छ। ट्राफिक नियम उल्लङ्घन गर्दा तिराइने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उल्लङ्घन बढी गर्ने गरेको गुनासो आएपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क बढाउन निर्देशन दिएका हुन्।
अहिले ट्राफिक नियम उल्लङ्घन गर्दा २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म मात्रै जरिवाना कायम रहेको छ। यातायात व्यवस्था विभागले यसलाई बढाएर २ सय देखि ५ हजारसम्म पुर्याएको निर्देशक तुल्सिराम अर्यालले जानकारी दिए।
ट्राफिक नियमलाई कडाइ गर्न सके सवारी जामको समस्या र दुर्घटनामा उल्लेख्य कमी आउने ठहरसहित ट्राफिक जरिवाना बढाइएको हो।काठमाडौं उपत्यकामा आजदेखि नै तीन पाङ्ग्रे टेम्पोहरूमा सिट संख्याभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ।
आगामी आइतबारदेखि माइक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाइपूर्वक लागू गर्न लागिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

pic google
Related