गृहमन्त्रीको निर्देशन पछि कास्कीमा ढिलासुस्ती गर्ने ठेकदार समातिए
/४ जेष्ठ २०७५, शुक्रबार ०९:३९ , प्रकाशीत
पोखरा । गृहमन्त्री राम बहादर थापा बदलले विकास निर्माणको काममा ढिलासुस्ती कम्पनी र ठेकेदारलाई कारवाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको २४ घण्टा वित्न नपाउदै कास्कीमा प्रहरीले एक ठेकेदारलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कास्कीले पृथ्वी राजमार्गको गगनगौंडाको सडकखण्डको निर्माणमा ठिलाई गरेको भन्दै ठेकेदारलाई पक्राउ गरेको हो। एकबर्ष देखि ठेक्का लिएको १ हजार ४ सय मिटर सडक तोकीएको समय सिमाभित्र सम्पन्न नगरी ढिलासुस्ती गरेको भन्दै निर्माण व्यबसायी सुरेन्द्र बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्झौता अनुसार आर्थिक वर्ष २०७३ र ७४ मा सक्नु पर्ने सडक निर्माणको काम चैत मसान्त सम्मको लागि समय थप गरिएको भएपनि हाल सम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । दुई करोडको लागतमा उक्त सडक कालोपत्रे गर्ने ठेक्का सरुवा कन्ट्रक्सनले जिम्मा पाएको थियो ।
मुख्य राजमार्गको सडक निर्माणको ठेक्का लिएको कम्पनीले गिटीमात्रै छरेर सडक निर्माणमा ढिलाइ गरेपछि धुलो र प्रदुषणले सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै स्थानीयले गुनासो गरेपछि गृहमन्त्रालयकै आदेश बमोजिम निर्माण व्यवसायी सुरेन्द्रलाई प्रहरीले बिहीबार समाएको हो । उनलाई उक्त काम ‘छिटोभन्दा छिटो सक्ने सर्तमा कागज गराएर छाडिएको कास्की प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।
यस्तै १ करोड ६० लाख रुपैयाँमा पोखराको पृथ्वीचोकको १ सय ५६ मिटर सडकको जिम्मा पाएको आचार्य विल्डर्स प्रालिलाई पनि प्रहरीले गुणस्तर युक्त ढलान गरि छिटोभन्दा छिटो काम सक्न कागज गराएको प्रहरी प्रमुख रानाले बताए। असार मसान्तसम्म काम सक्ने गरि आचार्य विल्डर्स प्रालिलाई ढलानको ठेक्का पाएको थियो।

Related