• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्यांकरमा चोरि रोक्न डिपोद्धारा लकिङ प्रणाली शुरु

  •      /६ जेष्ठ २०७५, आईतवार १५:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा  ।नेपाल आयल निगमको गगनगौंडा डिपोका लागि इन्धन भर्ने ट्यांकरहरुमा लकिङ प्रणालीको जडान गरिएको छ । डिपोका लागि भारतका विभिन्न स्थानबाट आयात हुने इन्धनका ट्यांकरमा लक सिस्टम जडान गरिएको हो ।
    कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अमलेखगन्जबाट इन्धन भरेर भारतिय आयल कर्पोरेशनले लक गरेर गगनगौंडा डिपोका लागि पठाएको ना ६ ख २९७८ नम्बरको ट्यांकरको लक खोलेर उद्घाटन गरेका थिए । 
    प्रमुख जिल्ला अधिकारीले विशेष प्रविधीबाट बनाइएको लक प्रणालीले पेट्रोलियम पदार्थको परिमाणमा चुहावट नहुने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारीले लक सिस्टमले मिसावट र लस हुने संभावना नरहने उल्लेख गर्दै, यसको कडाईका साथ लागु गर्न इन्धनको गगनगौंडा डिपोलाई आग्रह गरे ।
    कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले लक सिस्टमले चालक र पेट्रोलियम व्यवसायीका विचको अविश्वास हट्ने अपेक्षा रहेको बताए । उनले ट्यांकरमा लगाइएको चावीको साँचो एउटा भारतिय आयल कर्पोरेशनसँग र अर्को डिपो प्रमुखसँग हुने भएकाले विचमा बद्मासी नहुने उल्लेख गरे । भट्टराईले देशैभरी लकसिस्टम लागु गरेरै छाड्ने बताए । उनले गगनगौंडा डिपोमा पेट्रोलको तीन लाख ५० हजार लिटरको भण्डारण क्षमतामा बृद्धि गरेर दश लाख लिटर पुर्याउन टेण्डर प्रक्रिया अघि वढाउने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.