पोखरा ।नेपाल आयल निगमको गगनगौंडा डिपोका लागि इन्धन भर्ने ट्यांकरहरुमा लकिङ प्रणालीको जडान गरिएको छ । डिपोका लागि भारतका विभिन्न स्थानबाट आयात हुने इन्धनका ट्यांकरमा लक सिस्टम जडान गरिएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अमलेखगन्जबाट इन्धन भरेर भारतिय आयल कर्पोरेशनले लक गरेर गगनगौंडा डिपोका लागि पठाएको ना ६ ख २९७८ नम्बरको ट्यांकरको लक खोलेर उद्घाटन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीले विशेष प्रविधीबाट बनाइएको लक प्रणालीले पेट्रोलियम पदार्थको परिमाणमा चुहावट नहुने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारीले लक सिस्टमले मिसावट र लस हुने संभावना नरहने उल्लेख गर्दै, यसको कडाईका साथ लागु गर्न इन्धनको गगनगौंडा डिपोलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले लक सिस्टमले चालक र पेट्रोलियम व्यवसायीका विचको अविश्वास हट्ने अपेक्षा रहेको बताए । उनले ट्यांकरमा लगाइएको चावीको साँचो एउटा भारतिय आयल कर्पोरेशनसँग र अर्को डिपो प्रमुखसँग हुने भएकाले विचमा बद्मासी नहुने उल्लेख गरे । भट्टराईले देशैभरी लकसिस्टम लागु गरेरै छाड्ने बताए । उनले गगनगौंडा डिपोमा पेट्रोलको तीन लाख ५० हजार लिटरको भण्डारण क्षमतामा बृद्धि गरेर दश लाख लिटर पुर्याउन टेण्डर प्रक्रिया अघि वढाउने बताए ।
शुभेच्छा न्यूज

Related