• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेस नेता रामजी वादल हत्यामा संलग्न ६ जनालाई जन्मकैद

  •      /७ जेष्ठ २०७५, सोमबार ०४:५१ ,  प्रकाशीत
  • पोखरा, ६ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तत्कालीन क्षेत्रीय सभापति रामजी पौडेल “वादल” हत्या काण्डमा संलग्न ६ जनालाई कास्की जिल्ला अदालतले आईतवार जन्मकैदको सजाय सुनाएको छ । वादलको हत्या भएको दुई वर्ष दस महिना वित्दा समेत प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त मध्यका एक लेखनाथ निवासी व्रजेस गुरुङलाई भने प्रहरीले अझै पनी पक्राउ गर्न सकेको छैन् । हालसम्म उनी फरार रहेका छन् ।

    नेता स्वर्गीय वादलको पक्षमा जिल्ला न्यायाधिवक्ता अर्जुन कोईराला र अधिवक्ताद्वय कमल प्रसाद अर्याल र ठाकुर प्रसाद वरालले वहस गर्नुभएको थियो भने प्रतिवादीहरुका तर्फवाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, कृष्णवहादुर गुरुङ·, कृष्णवहादुर थापा लगायत करिव २०÷२२ जना अधिवक्ताहरुले वहस गरेका थिए ।

    अदालतवाट जन्मकैद सजाय पाउनेमा साविक लेखनाथ नगरपालिका वडा नं १२का तरुण दलका उपाध्यक्ष राउटे भन्ने विश्वास गौतम र उनका साथीहरु विभिन्न ठाउं वस्ने राजु रानाभाट, प्रकाश गुरुङ, वले भन्ने अशोक गुरुङ, रविन के.सि., र सन्दीप गुरुङ रहेका छन ।

    वि.सं. २०७२ साल साउन २८ गते राती कांग्रेसका कार्यकर्ताद्वारा आफ्नै पार्टीका नेता वादलको जघन्य हत्या गरेका थिए । हत्या पछि मृतक पौडेलका दाजु राममणी पौडेलले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दिएका थिए ।सो हत्याकाण्ड घटाउने मुख्य अभियुक्त राउटे भन्ने विश्वास गौतम समेतका सातजनालाई अभियोग मागदावी वमोजिम जन्म कैद र निजहरुलाई घटना पछि भगाउन लुकाउन सहयोग गर्ने भरत पौडेल समेतलाई एक वर्ष कैद सजाय हुने गरी आईतवार कास्की जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।

    साविक लेखनाथ नगरपालिका वडा नं १३ तल्लो गगनगौडा निवासी नेपाली कांग्रेसका युवा नेता वादल आफनै पार्टिका कार्यकर्ता नारायणहरी तिवारी र विश्वास गौतमका विचमा अघिल्लो दिन साउन २७ गते भएको विवाद मिलाउन भनि कांग्रेस कार्यकर्ता वुद्धिमान गुरुङको लेखनाथ गगनगौंडा स्थित घरमा केही व्यक्ति समेत संग छलफलमा वसेका थिए । राती करिव ८÷९ वजेको समयमा विवाद समाधान भयो भनि आफनै पार्टिका कार्यकर्ता मनोज गुरुङ· संग मोटर साइकलमा आफनो घर लेखनाथ वरालथर तर्फ जान लाग्दा वादल माथी चिरपाटे दाउराले प्रहार गरी हत्या गरेर नजिकैको भिरवाट फालेका थिए ।

    अधियुक्त नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल लेखनाथ १२ का उपाध्यक्ष लेखनाथ खुदी निवासी राउटे भन्ने विश्वास गौतम र उनका साथीहरुले बादललाई चिर्पट दाउराले टाउकोमा हिर्काएर हत्यागरी पृथ्वीराजमार्गको नजिकै रहेको खेतमा फालेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.