• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीको सुरक्षा चुनौती बिरुद्ध आक्रामक बन्दै प्रहरी, एकैदिन ९१ ब्याक्त नियन्त्रणमा

  •      /७ जेष्ठ २०७५, सोमबार १०:०२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । नयाँ प्रहरी प्रमुखको आगमन संगै जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्ना गतिविधिहरुलाई तिव्र परेको छ। पोखराको शान्तिसुरक्षाको अवस्थालाई थप सृद्धिढ बनाउन प्रहरीले सक्रियता वढाएको छ ।
    कास्कीमा सरुवा भएलगत्तै आफुविरुद्ध अफवाह फैलाएको भन्दै असन्तुष्ट बनेका कास्कीका प्रहरी प्रमुख रानाले शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न कठोर वन्ने वताएका थिए। उनले कास्की प्रहरी प्रमुखको कार्यभार सम्हाले संग पोखरामा बढ्दो यौन ब्यवसाय, लागुऔषध, चोरिडकैती र गुण्डागर्दीलाई निशाना बनाएका छन्।
    कास्की प्रहरीको स्विप अप्रेशनको क्रममा शनिवार एकदिनमै विभिन्न घटनामा संलग्न ९१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।हालै जिप्रका कास्कीले सार्वजनिक गरेको १२ बुँदे कार्ययोजना अन्तरगत हप्तामा १ दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन) को क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
    प्रहरीले पोखरालेखनाथ महानगरपालिका बडा न ७ शान्तिनगर स्थित विसाल गेष्ठ हाउसबाट अबैध यौन धन्दा गर्ने ५ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।
    त्यस्तै मिटरमा जान नमान्ने ट्याक्सी ७ वटा र वाईक मोडिफाई गर्ने ७ जना पनि प्रहरी नियन्त्रमा छन् ।
    त्यस्तै प्रहरीले ठूलो मात्रामा लागू औषध सहित १० जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण महाअभियान अन्तर्गत पोखरा भित्रिने विभिन्न नाकाहरुमा प्रहरीले गरेको चेकजाँचको क्रममा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ । उनीहरुको साथवाट चरेश ६.२५ के.जि. , डाईजापाम ५०४ थान, फेनेरागन ५०४ थान ,नर्फिन ५०४ थान ,नाईट्रोसन ११८ चक्कि फेला परेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।
    पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका बडा नं १८ बस्ने बर्ष २१ को ईश्वर परियार, मकबानपुर पालुङ न.पा.२ बस्ने बर्ष ६८ को कर्ण बहादुर गोले, पोखरालेखनाथ महानगरपालिका बडा नं ६ बस्ने बर्ष ४० को लक्ष्य परियार, सर्लाही नवलपुर ७ बस्ने बर्ष ३२ को निरज कार्की, जिल्ला धादिङ निलकण्ठ नगरपालिका बडा १३ बस्ने वर्ष ३७ को सुमन भन्ने कर्ण बहादुर गुरुङ, पोखरालेखनाथ महानगरपालिका बडा नं ५ बस्ने बर्ष ३० को दिपेश थापा, पोखरालेखनाथ महानगरपालिका बडा नं भुजुङखोला बस्ने बर्ष २४ को अरविन वास्तोला ,पो.ले.म.न.पा.(१८ बस्ने राजेश बि.क., बडा नं २५ हेम्जा बस्ने बरष २९ को सन्जिव पुर्जा मगर र नुवाकोट तार्केस्बर गा.पा.३ घर भई हाल का.म.पा.माछापोखरी बस्ने बर्ष ४० को जुठे भन्ने बिष्णु परियार छन् । त्यस्तै प्रहरीले अदालतबाट कैद तथा जरिवाना तोकिएका तर हालसम्म फरार रहेका पोखरालेखनाथ महानगरपालिका बडा नं २७ बस्ने बर्ष २४ को अनिल सुनार र
    बर्ष २४ को सन्दिप सुनारलाई पनि नियन्त्रणमा लिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.