• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स न्यूरोड चौतारीको क्यालेण्डर बिमोचन तथा सेतो छडि बितरण

  •      /८ जेष्ठ २०७५, मंगलवार ०६:३६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले सेतो छडी वितरण तथा टेवल क्यालेण्डरको बिमोचन गरेको छ। क्लवले आफ्नो बार्षिक योजना अनुसार दृष्टी विहिनहरुलाई १५ वटा सेतो छडी वितरण गर्नुका साथै क्लवले प्रकाशन गरेको टेवल क्यालेण्डरको बिमोचन गरेको हो।
    कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बी १ नेपालका ट्रेजरर दामु अधिकारीले सेतोछडी वितरण तथा क्यालेण्डरको बिमोचनको गरेका थिए।
    कार्यक्रमका प्रमुख अतिथि अधिकारीले क्लवले समाज सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए।उनले लायन्स क्लव र लायन्स अन्तर्राष्ट्रियले समाज सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताए। ‘हामीले समाज सेवाका क्षेत्रमा धेरै महत्वपूर्ण कार्य गर्दै आएका छौं, तर,लायन्सले गर्ने कार्य र लायन्सको वास्तवीकताका वारेमा समाजलाई बुझाउन सकेनौं’ उनले भने।‘यादाकता समाजमा एनजीओ र आइएनजिओकारुपमा हेर्न थालियो।’
    लायन्स क्लव अन्तर्राष्ट्रियले नेपालमा अन्धोपन निवारण, मोतियाविन्दुको र आपतकालिन देविप्रकोप लगायतका दर्जनौ क्षेत्रमा महत्वपूर्ण योगदान गरेको अधिकारीले बताए।
    संगित प्रशिक्षण केन्द्र पोखराका प्रमुख विकल घोतानेले दृष्ट्रि विहीनहरुको प्रतिभा र क्षमता बृद्धीकोलागि निशुल्क प्रशिक्षण दिदै आएको बताए।

    त्यसैगरी रिजन चियर पर्सन विना गुरुङले क्लवले समाज सेवाका क्षेत्रमा धेरै महत्वपूर्ण कार्य गरेको बताउदै सेतोछडी वितरणले दृष्टि बिहीनहरुलाई यात्रको क्रममा सहजता प्रदन गर्ने बताईन।
    जोन चियर पर्सन शारदा शर्माले क्लवले स्वास्थ्य, शिक्षा वातावरण लगायतका समाज सेवाका कार्य गर्दै आएको बताइन्।
    कार्यक्रममा क्यालेण्डर प्रकासन समितिका संयोजक एवं इलेक्ट अध्यक्ष धुर्व प्रसाद रेग्मीले स्वागत मन्तब्य राखेका थिए । क्लवका अध्यक्ष नगेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन क्लवका पूर्व अध्यक्ष नरहरि पौड्यालले गरेका थिए भने कार्यक्रम सञ्चालन क्लवका सचित तुलसी पोखरेलले गरेका थिए।क

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.