• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतबाट समातेर नेपाल ल्याइए सुन प्रकरणका गोरे

  •      /८ जेष्ठ २०७५, मंगलवार ०७:३५ ,  प्रकाशीत
  • काठमाडौँ : साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन्। आज उनलाई सार्वजनिक गर्ने कार्यक्रम छ।

    प्रहरी उच्च स्रोतलाई उदृत गर्दै राससले जनाएअनुसार उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो। प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो।

    गृह मन्त्रालयले गठन गरेको छानविन समितिका एक सदस्यले गोरे पक्राउ परेको जनकारी दिए।  यसैबारे गृहले औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।

    विमानस्थलबाट बाहिरिएको सुन बीचमै तस्करबीचबाटै गायव भएपछि प्रकरण सतहमा आएको थियो। शनम शाक्यको हत्या र अन्य दुईको ‘आत्महत्या’का कारण यो प्रकरण चर्चित बनेको छ। यो प्रकरणमा अहिलेसम्म ३२ जना समातिएका छन्।

    को हुन् गोरे ?

    उर्लाबारी नगरपालिका वडा नं. ७ पशुपति टोल स्थायी घर भएका गोरे स्थानीय तहका फुटबल खेलाडीसमेत हुन्। उनी मोरङ–११ फुटबल टिमका राम्रा खेलाडीमध्ये एक हुन्। तीन महिनाअघि उर्लाबारीमा भएको मेयर कप फुटबलमा उनी पनि एक मुख्य खेलाडी थिए। त्यस बखतसम्म उनी सुनको अवैध धन्धा चलाउँछन् भन्ने कसैले शङ्का गरेका थिएनन्।

    रूपेशका बाबु पूर्व प्रहरी र असईबाट सेवामुक्त भएका व्यक्ति हुन्। भारतीय आर्मीमा जागिरे जीवनबाट आफ्नो कामकाज सुरु गरेका गोरे त्यहाँ धेरै समय टिक्न सकेनन्। आर्मीमा लागेको एक वर्षपछि नै उनी जागिरबाट भागे र खाडी राष्ट्र कुवेत पुगे। कुवेतमा आबुधाबी प्रहरीमा पनि जागिर खाए तर त्यहाँ पनि धेरै टिक्न सकेनन् र ‘निजी काम’ गर्छु भन्दै हिँड्न थाले।

    यही ‘निजी काम’पछि उनले एकाएक आफ्नो जीवनस्तर उकासेका हुन्। यसपछि उनी कुनै सम्भ्रान्त झैँ देखिन थालेका थिए।

    सुन तस्करीको धन्दाको सुरुवात दुबईबाट

    पाँच वर्ष दुबईमा रहँदा रूपेशले त्यहीँबाट सुन पठाउने र हुन्डी कारोबार गर्ने अवैध धन्दालाई माथि पुराइसकेका थिए। त्यसपछि नेपाल फर्किएका उनी दुबई, सिङ्गापुर लगायतका मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँमा आपूर्ति गर्ने कार्यमा सक्रिय भए।

    ‘पहिले दुबईमै बसेर सुन पठाउने काम गर्ने गरेको पाइयो,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘पछि चूडामणि आफैँ नेपाल फर्किएर कारोबारी भएर सुन तस्करी गर्न थालेको पत्ता लाग्यो।’

    ‘उनी पूर्वमा रहँदा स्थानीय रिक्सा चालकलाई लिएर विभिन्न स्थानमा माछा मार्न लिएर जान्थे’, उर्लाबारीका एक स्थानीय युवकले बताए, ‘रिक्सा चालकलाई दैनिक एक हजार रुपैयाँ दिएर माछा मार्न लगाउँथे। इलाम, झापा, मोरङका विभिन्न खोलामा उनले माछा मार्न लगाएका छन्। एक किलो माछा मार्दा पनि एक हजार, माछै नमार्दा पनि एक हजार दिन्थे रे।’

    ती युवाको भनाइ थियो, ‘हेर्दा विदेशीजस्तै देखिन्थे। रिसाहा स्वभावका थिए। सँगैको साथीसित चित्त बुझेन भने पिट्न पनि बेर लाउँदैनथे।’
    ‘गोजीमा एक सय रुपैयाँभन्दा कहिल्यै हुँदैनथ्यो’, उर्लाबारीका एक स्थानीय युवकले भने, ‘कसैलाई रकम दिनुपर्यो भने नजिकका साथीभाइसित सापटी लिएको बहाना गरेर माग्थे तर भोलिपल्टै फर्काइहाल्थे।’

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.