कन्सल्टेन्सी संचालक कर्मचारीलाई पोखरा महानगरका मेयरको जिसीको उर्दी ः जागिर र व्यवसाय मध्ये एक रोज
तपाईको प्रतिक्रिया





पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीले महानगरमा कार्यरत प्राविधिक कर्मचारीहरुलाई जागिर वा व्यवसाय मध्ये एक रोज्न कडा निर्देशन दिएका छन् ।
महानगरमा कार्यरत अधिकाँश प्राविधिक कर्मचारीले ईन्जिनियरिङ्ग कन्सल्टेन्सी संचालन गर्दै आएका छन् । उनीहरुले ध्यान कार्यालको काममा भन्दा पनि आफ्नो व्यवसायमा वढी हुने गरेको छ ।
मेयर जिसीले प्राविधिक कर्मचारीलाई जेठ ८ गतेको मितिले एक महिनाको समय दिएर व्यवसाय वा जागिर मध्ये एक रोज्न निर्देश गरेका हन् । कर्मचारीका एकाघरका परिवारका सदस्यको नामवाट पनि कन्सल्टेन्सी संचालन गरेको पाईएपनि कारवाही गरिने मेयर जिसीले वताए ।
महानगरका महाशाखा प्रमुखहरुले नै आफ्ना नाममा कन्सल्टेन्सी संचालन गर्दै आएका छन् ।
कार्यालय समयमा कार्यालयलाई समय नदिईं आफ्नो निजी अफिसमा कर्मचारीले काम गर्दै आएको गुनासो सेवाग्राहीले वर्षौदेखी गर्दै आएपनि वल्ल आएर महानगर कर्मचारीप्रति कठोर हुने संकेत दिएको छ ।
Related