प्रहरीलाई झुक्काएर हत्कडी सहित फरार जड्याहा पक्राउ
/९ जेष्ठ २०७५, बुधबार ०६:२४ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा ।रक्सीले मात्तीएर आफ्नै घरमा तोडफोड गरेको सूचनापछि प्रहरीले नियन्त्रणमा लिएरपछि हत्कडी सहित फरार भएका राजकुमार परियारलाई प्रहरीले मंगलवार राती पक्राउ गरेको छ।
सोमबार राति पोखरा ५ पस्र्याङबाट हत्कडी सहित भागेका राजकुमार परियारलाई मंगलबार राति कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार राति पस्र्याङबाट भागेका परियार पस्र्याङबाट बगालेटोल जाने बाटोको पुल मुनी रहेको परिचित आफन्तकोा घरमा लुकिरहेको अवस्थामा मंगलबार राति १० बजे प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।
परिवारकै आग्रहमा नियन्त्रणमा लिन गएको बेला परियार प्रहरीलाई झुक्काएर हत्कडी सहित भागेका थिए।
उनलाई सार्वजनिक मुद्धा लगाइने तयारी गरिएको डिएसपी खत्रीले जानकारी दिए। हत्कडी सहित भागेकोले प्रहरीले परियारलाई सार्वजनिक अपराधमा मुद्धा अगाडी बढाएको जनाएको छ।
शुभेच्छा न्यूज
पोखरा ।रक्सीले मात्तीएर आफ्नै घरमा तोडफोड गरेको सूचनापछि प्रहरीले नियन्त्रणमा लिएरपछि हत्कडी सहित फरार भएका राजकुमार परियारलाई प्रहरीले मंगलवार राती पक्राउ गरेको छ।

Related