बालकृष्ण ढुंगेललाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
/१० जेष्ठ २०७५, बिहीबार १५:४४ , प्रकाशीत
हत्या अभियोगमा अदालतले कैद सजाय सुनाएपछि कारागारमा रहेका बालकृष्ण ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई सरकारले गणतन्त्र दिवस (१५ जेठमा) आममाफी सहित रिहा गर्ने निर्णय गरेको छ ।
दोषी करार भई सजाय भोगिरहेका व्यक्तिलाई सजायमा भारी छूट दिई रिहा गर्नु न्याय र विधिको शासनको उपहास भएको अधिवक्ता त्रिपाठीले बताएका छन् । उनले भने– “सरकारले विवेक र तर्कसम्मत रुपमा प्रयोग गर्नुपर्ने कानून बदनियतपूर्ण तरिकाले प्रयोग गरेको छ ।”
ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय सत्ता र शक्तिको दुरुपयोग भएको त्रिपाठीले बताएका छन् ।
सरकारको यस्तो निर्णयले लोकतन्त्रको मूल्य मान्यतामा ह्रास ल्याउने र अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छवी धमिल्याउने अधिवक्ता त्रिपाठीको भनाइ छ ।
रिटमा अन्तरिम आदेशको माग समेत गरिएको छ । मुद्दाको सुनुवाई भोलि, ११ जेठमा हुनेछ ।

himal khabar
Related