राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ
/११ जेष्ठ २०७५, शुक्रबार १०:५२ , प्रकाशीत
राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच को अश्लिल र आपत्तीजनक फोटो बनाएर फेसबुकमा सेयर र पोष्ट गर्ने उपहार एमएमका निर्देशक र पत्रकार सरोज निरौला पक्राउ परेका छन्।
उदयपुरमा उपहार एमएमका निर्देशक सरोज निरौलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो। सिआईबीको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका निरौला लाई सिआईबीमा पठाइएको उयदपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।
निरौलाले राष्ट्रपति र प्रधानमन्त्रीले अंगालो हालेको फोटो बनाई पोष्ट गरेका थिए। सो फोटोलाई सरकार विरोधीले फेसबुकमा ‘भाइरल’ बनाएका थिए। उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअुनसार कारबाही गरिने प्रहरीले जनाएको छ।
पक्राउ परेका निरौलाको एफएम सञ्चालनको तयारीमा रहेकाे छ । उनले पोस्ट गरेको बिषयमा चर्चा हुन थालेपछी उनले फेसबुक वालमा लेखेका छन ‘म सरोज निरौला नाममा रहेको फेसबुक आईडिबाट नेपालका सम्मानिय राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्बीर पोष्ट हुन गएको र उक्त तस्बीर मैले कुनै नियतले पोष्ट नगरेको जानकारी गराउन चाहान्छु ।’
मोवाईल चलाउने क्रममा भुलवस उक्त तस्बीर सियर हुन गएको हुदाँ यस कार्यबाट सामाजिकरुपमा पर्न गएको समस्या प्रति संबन्धित सबै प्रति म क्षमा चाहान्छु । आईन्दा यस किसिमको गल्ती समेत नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।

Related