प्याराग्लाइडिङ्ग ब्यासायीको अटेरी विरुद्ध सरकार आक्रामक,आवस्यक सुरक्षा ब्यवस्था नगरे फौजदारी मुद्धा
तपाईको प्रतिक्रिया





पोखरा । प्याराग्लाइडिङ्गका लागि उडान भर्ने कम्पनीहरु माथी राज्यले अब कडा निगरानी गर्ने भएको छ । पोखरा लगायत अन्य स्थानहरुमा पर्यटक र यात्रुहरु उच्च जोखिममा परेको गनासो आएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस बारे गम्भिर चासो देखाएको हो ।
पोखरामा प्याराग्लाइडिङ्ग उडान भर्ने धेरै जसो चिनिया पर्यटकहरु पटक–पटक दुर्घटनामा परे पछि नेपाल स्थित चिनिया राजदुत आफै मन्त्रालयमा उपस्थित भएर मन्त्रि रबिन्द्र अधिकारी र सचिब कृष्ण देवकोटालाई ध्यानाकर्षण गराएका थिए ।
चिनिया राजदुत स्वयं उपस्थित भएर सुरक्षा र व्यवस्थापकिय कमजोरी हटाउन आग्रह गरे पछि मन्त्रालयले सचिव स्तरिय निर्णय गर्दै नियविपरित कार्यगरेको पाइएमा प्यराग्लाइडिङ्ग संचालक तथा पाइलट माथी फौजदारी मुद्धा चलाउन परिपत्र गरिएको छ ।
चिनिया राजदुतबासको वेबसाइटमा नै पोखराको प्याराग्लाइडिङ्ग बारे सूचना जारी गर्दै आफ्ना नागरिकहरु उच्च जोखिममा रहेको बताएको छ । सूचनामा धेरै जनाको वहुमुल्य सामान र मोबाइल समेत उडानका क्रममा खस्ने गरेको तथा उडान भर्दा र ल्याण्डिङ्ग गर्दा समेत दुर्घटनामा परेको जनाइएको छ ।
पोखरामा ६३ कम्पनी बाट दैनिक उडान भर्ने करिब ३ सय देखि ४ सय उडानमा अहिले पनि ५० प्रतिशत चिनिया पर्यटक हुने गरेको नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्ग ग्लाइडिङ्ग संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, नेफा र नेपाल हवाई खेलकुद संस्थालाई बोधार्थ गरि परिपत्र गरेकोहो।प्राधिकरणले प्याराग्लाइडिङ्ग उडान भर्ने कम्पनीको संचालनपत्र वैधता छानविन गर्न र अवैध कम्पनीले उडान भरेमा प्रचलित फौजदारी कानुन अन्र्तगत संचालक तथा पाइलटलाई कारवाही गर्न निर्देशन गरेको हो।
त्यसै गरि परिपत्रमा उडान सुरक्षालाई दृष्टिगत गरि एक कम्पनीलाई दैनिक दुइ उडान गर्न अनुमती दिइएको छ ।सो परिपत्र बारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक ओम विक्रम रानाले आफ्ना मातहतका सबै प्रहरी कार्यालयहरुमा जानकारी गराइसकेको बताए । परिपत्र अनुसार कुनै पनि कम्पनी वा पाइलटले नियम उल्लघन गरेको पाइएमा तुरुन्तै कारवाही गरी पक्राउ गर्न निर्देशन दिएको उनले बताए । यता जिल्ला प्रशासन कार्यलयले समेत पोखरा नागरिक उड्डयन कार्यालयलाई दैनिक काडा संग अनुगमन गर्न निर्देशन दिएको छ ।
नेपालमा प्याराग्लाइडिङ्गलाई थप व्यवस्थित बनाउन तथा दुर्घटनाको जोखिमलाई न्युनीकरण गर्न संस्कृती तथा पर्यटन उड्डयन मन्त्रालयको सचिबको अध्यक्षता प्याराग्लाइडिङ्ग निर्देशिका तयारी समिती गठन गरिएको छ भने क्यानका हवाई शुरक्षा उपनिर्देशक राजु श्रेष्ठको अध्यक्षतामा ड्राफ्ट कमिटी बनाइएको छ । लामो समय देखि ब्यबसायीले उठाउँदै आएको प्याराग्लाइडिङ्ग निर्देशिका चाँडै नै आउने भएपछि अधिकांश ब्यबसायीले खुशी ब्याक्तगरेका छन ।
पोखरामा प्याराग्लाइडिङ्ग संचालन गर्ने कम्पनीहरु निर्देशिकाको अभावमा विचौलियका कारण मारमा पर्दै आएका छन । कम्पनीहरुले माग गर्दै आएको ‘ईविलिङ्ग सिष्टेम’ समेत नहुँदा व्यवसायीहरु मारमा पर्दै आएको बताएका हुन ।
विचौलियाले प्रत्यक ग्राहक संग १२ हजार सम्म रकम लिने तर व्यवसायीलाई भने ४ देखि ५ हजार मात्र बुझाउने गर्दछन। ब्यवसायीका अनुसार विचौलिया कारण राज्यको करौडौको कर समेत गुमेको छ। ‘इविलिङ्ग सिष्टेम’ लागु भएपछि करोडौंको कर संकलन हुने दावी ब्यवसायीको छ।
Related