तनहुँमा भएको सडक दुर्घटनामा परि ३ जनाको मृत्यु, १ घाएतेको पोखरामा उपचार हुदै
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । पृथ्वीराजमार्ग सडक खण्ड अन्तरगत तनहुँको व्यास नगरपालिका(१२ कमलबारी र देउराली बीचको मोडमा शनिबार साँझ भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ! जना गम्भिर घाइते भएका छन् ।
पोखराबाट काकडभित्ता जादै गरेको ना५ख ३०८२ नम्बरको यात्रु बहाक बससंग डुम्रेबाट दमौली तर्फआउँदै गरेको ना५५प १५९४ नम्बरको मोटर साइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एउटै मोटर साइकलमा चार जना सवार रहेका र विपरित दिसामा गई बससंग ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, सोही स्थान निवासी २१ वर्षीय धिरज चौधरीको शनिबार राति घटनास्थलमा नै मृत्यु भएको हो। अर्का घाइते भएका २२ वर्षीय सञ्जय चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए।
मोटरसाइकलमा सवार २१ वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। मृतक दुई जनाको शव दमौली अस्पतालमा र एक जनाको गण्डकी मेडिकल कलेज पोखरामा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ।
तस्वित फेसबुकबाट
Related