फेवाताल घुम्नेक्रममा चट्याङ लागेर एक बेपत्ता,चार जनाको उद्धार
/१३ जेष्ठ २०७५, आईतवार १४:१९ , प्रकाशीत
पोखरा । पोखराको फेवालतामा डुंगामा घुम्ने क्रममा अचानक चट्याङ लागेर ताल खस्दा एक जना बेपत्ता भएका छन् ।मुसलधारे पानी सहित परेको चट्याङ लागेर फेवातालमा घुम्ने क्रममा चितवन भरतपुरबाट धुम्न आएका सुप्रिम लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बेपत्ता हुनेमा रामेछापका सुप्रिम लामा भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले जानकारी दिए। दिउँसो ४ बजेको समयमा पोखरामा बेजोड हावाहुरी र पानी संगै चट्याङ परेपछि उनी तालमा खसेको साथीरुले बताए ।
५ जना डुंगाबाट खसेकोमा चार जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्दार गरेको छ । पोखराम घुम्न आएका उनीहरु ५ जनाले नै लाइफ ज्याकेट लगाएका थिए । प्रहरीले ४ जनालाई उद्दार गर्ने बेलमा ५ वटा लाइफ ज्याकेट निकालेको छ । ४ जना सामान्य घाइते भएका छन् ।
विशाल दियालि ,सुशील कुँवर ,मन्दिप महत, अनिल रोक्का र सुप्रिम लामा हिजो चितवनबाट पोखरा घुम्न आएका थिए।

Related