गोरखामा तोेकिएको समयमा काम सम्पन्न नगर्ने १०५ ठेकेदारको नाम गृहमा
/१४ जेष्ठ २०७५, सोमबार ०४:२७ , प्रकाशीत
गोरखा : जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र विकास निर्माणको कामको जिम्मा लिएर पूरा नगर्ने निर्माण कम्पनी तथा व्यवसायीको नाम गृह मन्त्रालयमा पठाएको छ। केही दिन अघि गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी काम नगर्ने ठेकेदारको विवरण पठाउन निर्देशन दिएपछि जिल्ला प्रशासनले पनि विवरण पठाउन थालेको हो।
‘निर्माणको काम नगर्ने, गरे पनि सुरु मात्रै गरेर म्याद थप गर्न आग्रह गर्ने काम गर्न आलटाल गर्ने कम्पनी र व्यवसायीको विवरण गृहमन्त्रालयमा पठाउन थालिएको छ’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘जिल्ला प्रशासनले सम्बन्धित विषयगत कार्यालयबाट काम जिम्मा लिने तर काम नगर्नेहरू पहिचान गरी गृहमा विवरण पठाएको हो।’ विकास निर्माणको कामलाई हेलचेर्क्याई गर्ने ठेकेदारमाथि कारबाहीको प्रक्रिया सुरु भएको प्रजिअ भट्टराईले जानकारी दिए।
गृहमा सिफारिस भएका ठेकेदारहरू ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना, शहरी विकास तथा भवन डिभिजन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाइबाट सडक, पुल, विद्यालय भवन, सरकारी भवनहरू जिम्मा लिएर समयमै काम पुरा नगर्नेहरू छन्। गोरखा प्रशासनले काम नगर्ने १०५ ठेकेदारको नामावली समेत तयार पारेको छ।
त्यस्तै जिल्ला प्रशासनले कारबाहीको दायरामा ल्याउनु अघि सम्बन्धित व्यावसायिक फर्मका प्रतिनिधिहरूलाई प्रशासनको सम्पर्कमा आउन समेत अनुरोध गरेको छ। प्रशासनले आयोजनाको म्याद सकिएको र काम छाडेर भाग्ने ठेकेदारलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाई कारबाही गरिने जनाएको छ ।

Related