मणिपाल शिक्षण अस्पताल बिवादको चक्रब्यूहँमा ः बार्तामा प्रशासन र कर्मचारी टसमस नै भएन्
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । अस्पताल प्रशासन र कार्यरत मजदुरको अहमताको चक्रब्यूहमा फसेको मणिपाला शिाक्षण अस्पताल १० दिन देखि आकस्मिक बाहेक अन्य सबै सेवा ढप्प छ । दुवैपक्षबीच पटक पटक भएका बार्तापनि आ आफ्नै स्वार्थका कारण बिना निस्कर्स सकिएका छन्। बार्तामा प्रशासन र कर्मचारीहरु आफ्ना अडानबाट एकइन्च तलमाथी नहुदा निस्कर्षमा पुग्न सकेको छैन।
प्रशासनले आफ्नो हैकम जमाउने र कर्मचारी पनि बिभिन्न युनीयनको फेता गुथेर टसमश नहुदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। करिव दुई हप्ता अघि अस्पताल प्रशासनले भ्रष्टाचार गरेको आरोपमा चार जना कर्मचारी निश्कासित गरेपछि पुर्नबहालीको माग सहित सुरु भएको आन्दोलनले अस्पतालको सेवा प्रभावित भएको हो ।
मणिपाल शिक्षण अस्पताल प्रशासनले कारबाही गरेका चार जना कर्मचारी कुनै पनि हालतमा पुर्नबहाली नगर्ने अडान लिएको छ भने आन्दोलनरत कर्मचारी संगठनले पुर्नबहाली नभएसम्म अस्पताल खुल्न नहुने जिकिर गरेका छन् ।
जेठ ७ गतेदेखि बन्द अस्पताल खुलउन भएका वार्ता निश्कर्ष्विहिन भएको छ । वार्तामा ट्रेड युनियनहरुले अन्तिम निर्णयमा नपुगेसम्म निश्कासित कर्मचारीलाई अस्पतालमा हाजिर गराउनुपर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाउन माग गरेका छन् ।अस्पताल प्रशासनले आज अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गरेर निश्कासित कर्मचारी पुनर्बहाली नगर्ने अडान दोहोर्याएको छ ।
भ्रष्टाचार गरेको सबुत प्रमाणसहित कारबाही गरेकाले सो निर्णयमा पुर्न्बिचार नहुने अस्पतालका प्रशासकीय प्रमुख भानु भारद्वाजले बताए ।ट्रेड युनियनहरुले भने निश्कासित कर्मचारीलाई अन्तिम निर्णय नभएसम्मका लागि अस्थायी रुपमा हाजिर गर्ने ब्यबस्था नगरे अस्पताल नखोल्ने अडान व्यक्त गरेका छन् ।दैनिक करीब एक हजार विरामी आउने मणिपाल अस्पताल बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा जेठ ७ गतेदेखी आकस्मिक बाहेक सबै सेवा ठप्प भएका छन् ।
Related