मलेसियामा नेपालीहरुको फाइटः पर्वतका किशोरको नेपालीले नै हत्या गरे
/१८ जेष्ठ २०७५, शुक्रबार ०५:२६ , प्रकाशीत
पर्वत : रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपाली साथीभाइकै कुटपिटबाट मृत्यु भएको छ। जिल्लाको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को आफ्ना साथीभाइको कुटाइबाट बुधबार मृत्यु भएको हो।
करिब एक साता अघि काम गर्ने नेपाली साथीभाइले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए। पूर्वी नेपालबाट रोजागरीका लागि पुगेका चारजना साथीहरूले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो।
मृतक क्षेत्रीको बिहीबार स्थानीय अस्पतालमा पोष्टमार्टम भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने भएको छ। २० महिनाअघि रोजागरीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन्। उनी अविवाहित थिए। क्षेत्रीलाई कुटपिट गरी हत्या गर्ने चारै जनालाई मलेसियन प्रहरीको नियन्त्रणमा छन्।

Related