रुपन्देही : पाल्पाको रम्भा गाउँपालिका ४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। १२ यात्रु घाइते छन्।
हालसम्म ३ जना महिला र ८ पुरुषको शव फेला परेको छ। मृत्यु हुनेहरुमा तानसेन नगरपालिका वडा न १ का सचिन बज्राचार्य, विष्णु बज्राचार्य,प्रफुल्ला शर्मा, विमला रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मंगल, मिना खाम्चा, मुना सारु,गीता बुढाथोकी ,अर्जुन थापा,बसन्ती खाँड, गीता बुढाथोकी रहेको मिसन अस्पतालले जनाएको छ।
घाइतेहरुको सोही अस्पतालमा नै उपचार भइरहेको छ। घाइतेहरुको पहिचान खुलेको छैन ।
लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूलाई लिएर तानसेनबाट रामपुरतर्फ जाँदै गर्दा बस सडकबाट अन्दाजी १सय ५० सय मिटर तल खसेर दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ। श्रीनगर यातायात समितिको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो।

Related