• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड :कमल र बिमला सवोत्कृष्ट खेलाडी

  •      /१८ जेष्ठ २०७५, शुक्रबार १४:३७ ,  प्रकाशीत
  • पोखरा १८ जेठ । शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । यस्तै, कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा शारीरिक सुगठनका जीवन घिमिरे र उदयीमान खेलाडी क्रिकेटका मेखबहादुर सेन थापा घोषित भए ।

    उत्कृष्ट वर्ष खेलाडी पुरुषले टिभिएसको अपाचे मोटरसाइकल र महिला खेलाडीले विगो स्कुटर प्राप्त गरे । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद १५ हजार, उदयीमान खेलाडीलाई नगद १५ हजार साथमा वल्र्ड वाइड कनेक्सनबाट सामसुङ मोबाईल प्रदान गरियो ।

    यसवर्ष लाईफटाईम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई प्रदान गरिएको छ । कास्कीमा हक्की, टेनिस र क्रिकेट खेल भित्राउनका साथै पोखरा रंगशालामा पर्खाल निर्माणमा उल्लेखनीय योगदान दिएका गुरुङलाई अवार्डका साथ दोसल्ला र सम्मानपत्र अर्पण गरियो ।

    बर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला ब्याडमिन्टन संघलाई सम्मान गरियो । संघ सुविधासम्पन्न भौतिक पूर्वाधारमा जुटेको छ । संघलाई नगद १० हजार प्रदान गरियो । उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका सन्तोष पोखरेललाई सम्मान गरिएको छ । नगद १५ हजार, सामसुङ मोबाईलका साथमा सम्मानपत्रबाट पत्रकार पोखेरललाई सम्मान गरियो ।

    वर्ष उत्कृष्ट खेलाडी कमल भण्डारी १७ वर्ष अघिदेखि बडिबिल्डिङमा होमिएका थिए । भण्डारी गत वर्ष मंगोलियामा आयोजित शारीरिक सुगठनको वल्र्ड च्याम्पियनशीपमा सहभागी भए । र छैटौं स्थानमा रहे । २०७४ सालमै दक्षिण कोरियामा ५५ केजी तौल समूहमा काँस्य पदक जित्दै नेपालको नाम लेखाएर फर्किए ।
    पोखरामा जिम हल औंलामा गन्न सकिने बेलामा यस क्षेत्रमा होमिएका भण्डारीले पहिलो पटक २०६० सालमा मिस्टर पोखरामा ५५ केजी तौल समूहमा काँस्य पदक जितेका थिए । त्यसपछि अहिलेसम्म खेल दौरानमा १६ स्वर्ण, ६ रजत र ५ काँस्य जितिसकेका छन् । २०७३ सालमा दोस्रो मिस्टर बुल्समेनमा ५५ केजी तौल समूहमा स्वर्ण जिते । १४ औं धर्मश्रीमा आफ्नो तौल समूहमा प्रथम भएका थिए । मिस्टर हिमालयमा समेत स्वर्ण जित्दै एकै वर्षमा ह्याट्रिक गरेका थिए । पाँचौ राष्ट्रिय शारीरिक सुगठनमा उनले काँस्य जितेका थिए ।
    वर्ष उत्कृष्ट महिला खेलाडी बिमला नेपाली गतवर्ष लम्जुङको भोटेओडारमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा महिलातर्फ एकल कातामा पहिलो हुँदै स्वर्ण पदक हात पारेकी थिईन् । धनगढीमा भएको अन्तर्रा्ष्ट्रियस्तरको कराँतेमा पनि उनी दोश्रो हुँदै रजत पदक हात पारिन । त्यस्तै अघिल्लो वर्ष नै भएको राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको (राखेप) च्याम्पियनशिपमा पनि उनले रजत पदक हात पारेकी थिईन । भक्तपुरमा भएको प्रथम महिला आमन्त्रित खुला कराँते प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन । केही समय अघि मात्र भारतको गोवामा भएको सोतोकान कराँते एशोसिएसन अफ इन्डिया (एसएकेआई) अन्तर्रा्ष्ट्रिय च्याम्पियनशिपमा पनि उनले एकल कातामा १८ वर्ष उमेर मुनिको प्रतियोगितामा गरेर दुई स्वर्ण हात पारेकी थिइन् ।
    उदियमान खेलाडी मेखबहादुर सेन थापा गत वर्ष थाइल्याण्डमा सम्पन्न एसीसी अण्डर सिक्स्टिन इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य हुन् । भर्खरै १५ वर्षका उनी कक्षा ६ देखि नै क्रिकेट खेल्न थालेका हुन् । २०७४ सालमा मनमोहन मेमोरियल कप, अण्डर सिक्सिटन राष्ट्रपति कप खेले । आठौं राष्ट्रिय खेलकुदमा आफ्नो उमेरसमूहमा उनको टीम प्रथम भयो । कास्की क्रिकेट लिग, माछापुच्छ्रे क्रिकेट लिग, अन्तर कलेज लिग, टि ट्वान्टी कप, द युनाइटेड गोल्डमार्ट पीसीसी कपमा पनि उनले खेले ।
    वर्ष उत्कृष्ट प्रशिक्षक जिवन घिमिरे राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक पनि हुन् । २०७४ सालभरमा उच्च पदक ल्याउन सफल खेल शारीरिक सुगठनका प्रशिक्षक घिमिरेले २०४९ सालमा दशौं राष्ट्रिय बडिविल्डिङ कम्पिटिशनमा स्वर्ण जितेपछि यस खेलमा अनवरत लागेका हुन् । शारीरिक सुगठनबाटै कमल भण्डारीले अन्तर्राष्ट्रिय पदक ल्याउन सके । घिमिरेले २०५१ सालमा पश्चिमाञ्चल क्षेत्रीय भारोत्तोलोन च्याम्पियनशीमा स्वर्ण जिते । खेलाडी जिवनकालमा उनी शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी समेत हुन् । सन् २००० मा आयोजित दक्षिण एशियाली खेलकुदमा फ्लाइवेटमा तेस्रो भएका थिए ।
    मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट पुरुष खेलाडीमा भण्डारी सहित क्रिकेटका करण केसी, आर्चरीका तिलकबहादुर पुन मनोनयनमा परेका थिए । यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीमा बिमलासँगै आर्चरीकी केशरी आलेमगर र हक्कीकी कमला पुन परेकी थिईन् ।
    उदियमान खेलाडीमा मेखबहादुरसँगै एथ्लेटिक्सका विवेक अधिकारी र कबड्डीकी बुद्धिमाया मगर (कविता) मनोनयनमा परेका थिए । उत्कृष्ट प्रशिक्षकमा जीवनसँगै फुलकन्ट्याक्ट कराँतेका शिवबहादुर गुरुङ, क्रिकेटका रिजन प्रजु परेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरालाई खेलकुदको राजधानी बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले मञ्चका यस्ता कार्यक्रमलाई आफूले सक्दो सहयोग गर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.