पोखरामा प्रदेशस्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु, मुख्य मन्त्रीद्धारा उद्धाटन
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । पोखरामा प्रदेश नं ४ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वी शुब्बा गुरुङले आगामी बर्ष बाट प्रदेश ४ मा खेलकुद पूर्वाधार बिकासका कामहरु सुरु गर्ने बताएका छन । मुख्यमन्त्रि गुरुङले खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउन केन्द्र सरकार संग मिलेर काम सुरु गर्ने बताए ।
खेलको पहिलो दिन आइतवार पोखराको रंगशालामा सुरु भएको प्रतियोगितामा एथलेटिक्स तर्फ १५ सय मिटरको छात्र तर्फको फाइनलमा कास्कीका इस्माइल भण्डारीले स्वर्ण पदक जितेका छन्।
उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पुरा गरेका थिए ।सोही दौडमा नवलपरासीका सुनिल बिनले रजत पदक हात पारेका छन् । उनले उक्त दौड ४ मिनेट ३४.४ सेकेण्डमा पुरा गरेका थिए भने लमजुङ्गका अदित्य मगरले ४ मिनेट ३५.६ सेकेण्डमा दौड पुरा गर्दै काश्य पदक प्राप्त गरे ।
त्यसैगरी छात्रा तर्फको १५ सय मिटर दौडमा स्याङ्गजाकी जमुना खरेलले स्वर्ण पदक प्राप्त गरिन भने गोर्खाकी गंगा श्रेष्ठले रजत र पर्वतकी अष्मिता पौडेलले काश्य पदक जितेकी छन्।
छात्रतर्फको ८ सय मिटर दौडमा कास्कीका बिबेक अधिकारीले स्वर्ण, लमजुङ्गका प्रकाश नेपालीले रजत गोर्खाका अनिल गुरुङले रजत पदक प्राप्त गरे । सोही दौडको छात्रा तर्फ स्याङजाकी जमुना खरेलले स्वर्ण, गोर्खाकी गंगा श्रेष्ठले रजत र पर्वतकी अस्मिता पौडेलले काश्य पदक हातपारीन्।
यसै गरि छात्र रिले तर्फ नवलपरासीले स्वर्ण पदक ल्याएको छ भने तनहुँले काश्य र कास्कीले रजत पदक हात पारेको छ । त्यसै गरि सोही इभेन्टमा छात्रा तर्फ कास्कीले स्वर्ण, स्याङजाले रजत र म्याग्दीले काश्य पदक प्राप्त गरेको छ।
एथलेटिक्सको छात्र शटपुट तर्फ लमजुङका शरद कुमालले स्वर्ण पदक ल्याएका छन भने नवलपरासीका बिबेक महतोले रजत र कास्कीका दिपक थापाले काश्य पदक हात पारेका छन् । यसैगरि छात्रा शटपुटमा कास्कीकी शोनु नेपालीले स्वर्ण पदक ल्याएकी छन भने लमजुङकी ममता घलेले रजत र तनहुँकी अनु शुनारीले काश्य पदक जितेकी छन्।
आइतबार नै सम्पन्न छात्र हाइजम्प तर्फ पर्वतका समुन्द्र नेपालीले स्वर्ण पदक ल्याएका छन् । उनका प्रतिद्वन्दी लमजुङका बिकास थापाले रजत र नवलपरासीका समिर महतोले काश्य पदक ल्याए । छात्रा हाइजम्पमा गोर्खाकी सुष्मिता पन्तले स्वर्ण, कास्कीकी कुशुम राना मगरले रजत र पर्वतकी रिना कुवरले काश्य पदक जितेकी हुन्।
यसैगरि छात्र कब्बडी तर्फ सम्पन्न भएको पहिलो चरणका खेलहरुमा बागलुङ, गोर्खा, कास्की, तनहुँ र लमजुङले जित निकालेका छन भने छात्रा तर्फ कास्की, स्याङजाले जित दर्ता गराएका छन । कब्बडी तर्फका खेलहरु जारी रहेका छन ।
यसै गरि भलिबल छात्र तर्फ तनहुँ, मुस्ताङ र कास्कीले पहिलो चरणका खेल जितेका छन भने छात्रा तर्फ पर्वत, मुस्ताङ, तनहुँ, म्याग्दी कास्की र लमजुङले पहिलो चरणमा जित दर्ता गरेका छन । मार्शल आटर््स तर्फ उशु, तेक्वान्दो र करातेका पनि पहिलो चरणका खेलहरु जारी रहेको जनाइएको छ ।
प्रतियोगितामा प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला स्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल एथलेटिक्स, कवड्डी, उसु, कराँते, र तेक्वान्दो, गरि ११ वटै जिल्लाबाट ७ सय ९२ जना खेलाडी र १ सय ३२ जना निर्णायकहरु गरि जम्मा ९ सय २४ जनाको सहभागीता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद २० हजार सहित प्रदेश नं ४ को राष्ट्रपति रनिङ्ग शिल्ड दोश्रो हुने जिल्लालाई नगद १५ हजार ट्रफी र तेश्रो हुने जिल्लालाई नगद १० हजार ट्रफि सहित पुरस्कार प्रदान गरिने छ । विधागत खेलमा प्रथम द्वितिय र तृतीय हुने जिल्लाहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते, तेक्वाण्दो र उसु खेलका विभिन्न इभेन्टस तथा तौल समुह गरि ३७ स्वर्ण ३७ रजत र ४३ कास्य गरि कुल १ सय १७ पदकमा प्रतिस्पर्धा हुदैंछ ।
Related