कर्ण शाक्यले फेवा किनारमा बनाएको होटलबारे छानविन गर्न समिति गठन
/२० जेष्ठ २०७५, आईतवार १६:१८ , प्रकाशीत
काठमाडौं– सरकारले फेवाताल किनारामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे छानविन गर्न समिति गठन गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो। समितिका सदस्यमा नापी विभागबाट प्रशान्त घिमिरे, मालपोतबाट कानून अधिकृत विष्णु घर्ति, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सिनियर डिभिजनल क्यामिस्ट कल्पना श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट हुमनाथ पाण्डे सदस्य रहेका छन्।
सर्वोच्च अदालतले शाक्यले फेवा किनारमा निर्माण गरेको होटल ६५ मिटर भित्र छ वा छैन, रिसोर्टबाट निस्केको पानी शुद्धिकरण गरी होटलकै प्रयोगमा ल्याइएको छ वा सो पानी तालमा मिसाइएको छ, निष्काशित पानी शुद्धिकरण भए, नभएको र सो पानी फेवातालमा निष्काशन गरिए नगरिएको छानविन गरी २ महिनाभित्र प्रतिवेदन पेश गर्न सरकारका नाममा आदेश दिएको थियो।
समितिले काम सुरु गरिसकेको संयोजक घिमिरेले बताए। ‘समितिले काम सुरु गरिसकेको छ’, घिमिरेले भने , ‘छानविनको लागि हामी फिल्डमा पुगिसकेका छौं। डाटा संकलन तथा प्राविधिक काम गर्दैछौं।’समितिलाई १५ दिन भित्र काम सकेर प्रतिवेदन बुझाउन भनिएको छ।nagarik

Related