• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बेनी–जोमसोम सडकमा सिटको सिण्डीकेट तोडीयो

  •      /२१ जेष्ठ २०७५, सोमबार ०३:१३ ,  प्रकाशीत
  • म्याग्दी । बेनी–जोमसोम सडकमाकायम रहदै आएको छब्बीस भन्दा बढी सिट क्षमत्ताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनी स्थित प्रशासन कार्यालयमा आईतबार बिहान बसेको जिल्ला यातायात ब्यवस्थापन समितिको बैठकले विगत पाँचवर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो ।

    विगतमा गरिएको २६ सिट सम्मको रुट ईजाजत व्यवस्था खारेज गरी २७ फिट सम्म लम्बाई भएका सवारी साधनको रुट ईजाजत प्रदान गर्न देशभरका यातायात ब्यवस्था कार्यालयमा सिफारीस गर्ने निर्णय भएको प्रजि अलिलाधर अधिकारीले बताए । २०७१ बैशाख ८ गते तत्कालिन यातायात ब्यवस्थापन समिति धौलागिरीको बैठकले सडकको जोखिमपूर्ण अवस्थालाई आधार बनाउदै २६ सिट भन्दा बढी क्षमत्ताका यात्रुबाहक सवारी साधनलाई सञ्चाल नगर्न नदिने निर्णय गरेको थियो ।

    सो मापदण्डका कारण देशका विभिन्न ठाउँबाट मुस्ताङ भ्रमणमा जानका लागि बस रिजर्भ गरेर आएका पर्यटक तथा तिर्थयात्रीहरु आफूले ल्याएको गाडी बेनीमा छोडेर स्थानीय यातायात ब्यवसायीको गाडी चढेर जान बाध्य थिए । यस्तो ब्यवस्थाका कारण घुमाउरो शैलीमा सिण्डीकेटधारी स्थानीय यातायात ब्यवसायीलाई सहयोग पुगेको थियो । “बेनी–जोमसोम सडकमा छब्बीस सिटे मापदण्डका आधारमा घुमाउरो तरीकाले गरिदै आएको सिण्डीकेट प्रथा तोडीएको छ”प्रजिअ अधिकारीले भने “देशभरका यातायात ब्यवस्था कार्यालयमा निर्णय अनुसारको रुट ईजाजत दिनका लागि पत्राचार गछौ ।”

    नयाँ निर्णय अनुसार २७ फिट सम्मलम्बाई भएका (दुई सापटे) ३२ सिट क्षमत्ता भएका बसहरु सञ्चालन गर्न सकिने म्याग्दीकोरला ट्राभल्स एण्ड मुभर्स प्रा.लीका सञ्चालक सुरज केसीले बताए .

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.