• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रचण्डको दाबी ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा सहमति भइसकेको छ’

  •      /२१ जेष्ठ २०७५, सोमबार ०९:४६ ,  प्रकाशीत
  • पोखराः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने सोचका साथ अगाडि बढेको बताएका छन्।

    नेपाल कम्युनिस्ट पार्टी बनेपछि सबैको ध्यान कार्यकारी राष्ट्रपति प्रणालीमा गएको भन्दै उनले कार्यकारी राष्ट्रपति रहने प्रणाली लागू गर्ने खुलासा गरेका हुन्।

    ‘तत्कालै यसलाई अघि सारेर विकासलाई भड्काउने काम गर्दैनौँ। तर मुलुकको दिगो विकास र समृद्धिका लागि यो अति आवश्यक छ,’ उनले भने ‘सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा सहमत छन्।’

    मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रपतिय प्रणाली आवश्यक रहेको उनले दाबी गरे।

    आगामी दिनमा निर्वाचन प्रणालीलाई सुधार गरी राष्ट्रपतिय प्रणालीको पक्षमा सहमति जुटाउन दलहरुबीच छलफल र बहस चलाउने अध्यक्ष प्रचण्डले बताए।

    ‘हाम्रो पूर्ण ध्यान कार्यकारी राष्ट्रपति नै हो। नेतृत्व तहमा सर्वसम्मति भैसकेको छ’ उनले भने ‘जनताका बीचमा पनि छलफल र बहस चलाउनु आवश्यक छ।’

    अध्यक्ष प्रचण्डले एमाले–माओवादी बीचको पार्टी एकताले अन्तर्राष्ट्रिय स्तरमै धरापमा परेको कम्युनिस्ट आन्दोलनलाई ऊर्जा मिलेको बताएका छन्।

    नेपाल पत्रकार महासंघ प्रदेश ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विश्वबाटै हराउन लागेको कम्युनिस्ट आन्दोलनलाई नेपालको पार्टी एकीकरणले नयाँ उचाइमा पुर्‍याएको बताए।

    ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन धरापमा परेको अवस्थामा नेपालमा एकीकरण हुँदा फरक तरङ्ग पैदा भएको छ । यसले देशभित्र र बाहिर सबैतिरबाट भिन्न अपेक्षा छन्’ उनले भने ‘हाम्रो एकीकरणले कम्युनिस्ट आन्दोलनको भविष्य उज्वल छ भन्ने सन्देश प्रवाह भएको छ।’दुई कम्युनिस्ट पार्टीको एकिकरणले जिम्मेवारी र चुनौती थपिएको उनले बताए।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.