स्याङजा । स्याङजाको गल्याङ नगरपालिकामा दुई मोटरसाईकल एक आपसमा ठक्कर खादा एकको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार अन्य ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा गुल्मी हर्मीचौर घर भएका वर्ष २३ का सुनिल सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाईल दुर्घटना घाईते हुनेहरुमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालिगण्डकी गाउपालीका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ् नगरपालिका–२ का २३ वर्षीय दिलिप राना र सोही स्थानका २२ वर्षीय सुसिल सुवेदी रहेको वडा प्रहरी कार्यालय वालिङ्ले जनाएको छ ।
घाईते सुनार, पाण्डे र रानाको गल्याङ सामुदायीक अस्पतालमा उपचार भएको र थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा रिफर गरिएको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक चिनकपुर गुरुङले जानकारी दिए । सुवेदीका गल्याङ सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।
मिर्मिबाट गल्याङ आउदै गरेको लु ३२ प ९९७९ नम्बरको मोटरसाईकल र गल्याङबाट मिर्मि जादै गरेको लु ३५ प १६३३ नम्बरको मोटरसाईकल दुर्घटनामा परेका हुन । लु ३५ प १६३३ नम्बरको मोटरसाईकलमा ३ जना सवार थिए ।
Related