प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने ः अर्थमन्त्री गुरुङ
/२२ जेष्ठ २०७५, मंगलवार १५:०९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताएका छन् ।
मन्त्री गुरुङले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारले आर्थिक वर्ष २०७÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताएका हुन्।
‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, उनले भने,‘हामीले भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएका छौँ ।’
अर्थमन्त्री गुरुङले निजी क्षेत्रले दिएका सुझावहरुलाई समेट्दै करिब २६ अर्बको बजेटको तयारीमा जुटेको जानकारी दिए । उनले प्रदेशमा रहेका निजी क्षेत्र र सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानीको लागि आग्रह गरेका छन् ।
सहकारीहरुले सस्तो दरमा ऋण प्रवाह गर्नुपर्नेमा झन महंगो भएको बताउँदै उनले बचत तथा ऋण सहकारीहरुको अनुगमन गरिने बताए । । इ–गभर्नेन्सको अवधारणालाई व्यवहारमा उतार्न बित्तीय साक्षरता कार्यक्रम आवश्यक भएको उनको तर्क थियो ।
कार्यक्रम तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले आगामी बजेटले दोहोरो करको अन्त्य हुनुपर्नेमा जोड दिए । प्रदेशको निजी क्षेत्र प्रदेश सरकारसँग सहकार्यको लागि तयार भएको बताउँदै उनले कर प्रणालीलाई सरलिकृत गर्न माग समेत गरे ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले सिँहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा दिइए पनि कर उठाउने काममा मात्र भएको बताए।
लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरिले प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन हुनुपर्ने बताए ।
लेखनाथ उद्योग बाणिज्य संधका निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले पहिले उद्योग स्थापना भएको ठाउँमा बस्ती बढ्दै गएको बताउदै अहिले आएर बस्ती हटाउने माग हुने दुर्भाग्य पूर्ण भएको बताए।
प्रदेशको बजेट आउँदो असार १ गते आउँदैछ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेल, कार्यसमिति सदस्य गीता तिवारी, डिवी भुजेल,सूर्य नेपाल प्रालिका गौतम यादव लगायतले बजेट उत्पादनमुखी हुनुपर्नेमा धारणा राखेका थिए।

Related