पोखरा। प्रहरी भएको भन्दै धम्काउने ४ जनालाई जिल्ला प्रहरी कार्यलय कास्कीले पोखराबाट पक्राउ गरेको छ। आफुहरु प्रहरी भएको बताउदै दोहोरी सांझका सञ्चालाकलाई धम्काउने ४ जना नक्कली प्रहरीलाई जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको छ । मंगलबार राती १० बजेको समयमा पोखराको सिर्जनाचोक स्थित बिसौनी दोहोरी सांझमा मादक पदार्थ सेवन गरी आफुहरु सादा पोशाकको प्रहरी हौ भनी धम्काएर भाग्ने चार जनालाई कास्की प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
दोहोरी सांझबाट प्रहरीमा फोन आएपछि रात्री कालिन चेकिङमा रहेका राना आफैले उनीहरुलाई पक्राउ गर्न सफल भएका हुन् । पक्राउ पर्नेहरुमा कास्की धितालका भुपेन्द्र गौतम र सुवास गौतम, कास्कीकोटका शेषमणी गौतम र नवलपरासी घर भई पोखरा बस्दै आएका सुदिप लम्साल रहेका छन । पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको एसपी रानाले वताए ।
एसपी रानाले मंगलबार पोखराका शाखा सडकका भित्री भागहरुमा रात्रीकालिन चेकिङलाई तीब्रता दिएका छन । बाहिरी सडकमा भन्दापनि भित्री सडकहरुमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने गरेको गुनासो आएपछि एसपी राना स्वयं आफै भित्री सडकहरुमा रात्रीकालिन चेकजांचलाई कडा पारिएको हो ।
शुभेच्छा न्यूज

Related