• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बहादुर गोर्खा सैनिकको सुरक्षाघेरामा ट्रम्प-किमको शिखर वार्ता

  •      /२३ जेष्ठ २०७५, बुधबार ०४:४९ ,  प्रकाशीत
  • सिंगापुर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने शिखर वार्ताको सुरक्षा गोर्खाली सैनिकले गर्नेछन्। यद्यपि दुवै नेताले आ-आफ्ना सुरक्षा टोली पनि ल्याउनेछन्। सिंगापुर प्रहरीका अनुसार शिखर वार्ताको सुरक्षा व्यवस्थामा गोर्खा सैनिकको टुकडीले हेर्नेछ। सिंगापुरमा निकै कम तर विशेष सुरक्षा व्यवस्थापन गर्न गोर्खा सैनिकलाई जिम्मेवारी दिइन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षामन्त्री जिम म्याटिस र अन्य देशका नेताबीच भएको सुरक्षासम्बद्ध सम्मेलनमा पनि गोर्खा सैनिकलाई तैनाथ गरिएको थियो।

    सिंगापुर प्रहरीले नेपालका गाउँबाट गोर्खा सैनिक भर्ती गर्ने गरेका छन्। उनीहरूलाई बेल्जियममा निर्मित एफएन एससीएआर असल्ट राइफल जस्ता अत्याधुनिक हतियार दिइएको हुन्छ। यस्तो अवस्थामा पनि गोर्खा सैनिकले खुकुरीसहित मात्रै युद्धमा लड्न तयार हुन्छन्। खुकुरी गोर्खा सैनिकको परम्परागत र चर्चित हतियार मानिन्छ। इन्टरन्याशनल इन्स्टिच्यूट फर स्ट्र्याटजिक स्टडिजमा सिंगापुर सशस्त्र बलका विशेषज्ञ टीम हक्सली भन्छन्, ‘सिंगापुरले गोर्खा सैनिकले दिने सेवा नै उत्कृष्ट सेवा हो। त्यसैले उनीहरूलाई सुरक्षामा तैनाथ गरिनेछ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.