• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेवातालमा डुबेरका लामा १० दिनपछि मृत फेला

  •      /२३ जेष्ठ २०७५, बुधबार १३:२८ ,  प्रकाशीत
  • पोखरा । फेवातालमा डुबेर जेठ १३ देखि वेपत्ता भएका रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा १० दिनपछि मृतअवस्थामा भेटिएका छन्। चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल लामा डुंगाबाट तालमा खसेर बेपत्ता भएका थिए।
    शव बुधबार मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।शव फुलेर चिन्न नसकिने अवस्थामा फेलापरेपछि हुलीयाको आधारमा उनको पहिचाहन गरिएको कार्कीले बताए।
    डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको भएपनि लामो समय सम्म उनको शव फेला परेको थिएन।
    नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो ।लामाको शव फेवातालको गहिरो भागमा डुबेको कारण उत्रिन लामो समय लागेकोे डिएसपी कार्कीले बताए ।
    भक्तपुरबाट पाँच जना साथीको समूह जेठ १२ गते पोखरा घुम्न आएका थिए । रामेछाप घर भई भक्तपुर सुर्य्विनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना पोखरा आएका थिए ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.