• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल प्रति बिज्ञटोलीले दिएको सुझावमा कास्की काँग्रेसको आपत्ती,छलछाम नगर्न चेतावनी

  •      /२४ जेष्ठ २०७५, बिहीबार १४:४७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । नेपाल सरकार र चीन सरकारबीच सहमति भएर निर्माण प्रक्रिया अगाडी बढेको पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन बिज्ञटोलीको आडमा षडयन्त्र सुरुभएपछि पोखरामा बिरोध सुरु भएकोछ। बिज्ञटोलीको हवाला दिदै समाचार प्रकाशित भएपछि समग्र प्रदेश ४ का सरोकार वालाहरुले बिरोध र बहस सुरु भएको हो।

    नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    विमानस्थल निर्माण कार्य ८ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र भएको भन्दै खेद प्रकट गरिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विज्ञ समितिको प्रतिवेदन दुरासयपूर्ण रहेको र पोखराकै विभागीय मन्त्रीले विमानस्थलको बारेमा दिएका षडयन्त्रपूर्ण अभिव्यत्तिले विमानस्थल निर्माणमा चलखेल र कमिशनको खेल त होइन भन्ने गम्भिर आशंका उत्पन्न गराएको विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले गठनगरेको समुहका संयोजक एवं पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तराष्ट्रिय व्यापारिक उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका थिए । पर्यटनमन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन गत चैत २५ गते २१ सदस्यीय विज्ञ समूह गठन गरेक थिए ।

    जसमध्ये पूर्वसचिव देउजा, क्याप्टेन पीजे शाह, सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्यको टीमले निर्माणाधीन र निर्माण भइसकेका विमानस्थलका बारेमा यस्तो प्रतिवेदन तयार पारेको हो ।

    सरकारले चीनको एक्जिम बैंकसँगको करिब २१ अर्ब ऋण सहयोगमा पोखरा अन्तर्रा्िष्ट्रय विमानस्थल बनाउन सुरु गरेको २ वर्ष भइसकेको छ । विज्ञ समूहले आगामी ४० वर्षसम्म मुलुकमा हाल निर्माणाधीन र निर्माणको तयारीमा रहेकावाहेक थप अन्तराष्ट्रिय विमानस्थल आवश्यक नरहेको भन्दै बिकास बिरोधि हास्सात्पद तर्क सहितको प्रतिवेदन बुझाएको थियो।

    समूहले २० वर्षमा हवाइ यात्रुको संख्या ३ करोड ३३ लाख ५० हजार पुग्ने अनुमानसहित त्यसका लागि त्रिभुवन अन्तराष्ट्रिय, गौतम बुद्ध र निजगढ अन्तर्रा्िष्ट्रय विमानस्थल पर्याप्त हुने भन्दै थप अन्तराष्ट्रिय विमानस्थल आवश्यक नरहेको भन्दै पोखराको बिमानस्थतको वारेमा पुरै नकारात्मक धारणा सहितको पुर्वाग्रही प्रतिवेदन बुझएपछि बिभिन्न प्रतिक्रिया उत्पन्न भएका हुन्।

    कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विमानस्थल निर्माण कार्य अवरुद्व हुनेसम्मको वातावरण देखिनु कस्केली जनताको भावना र समग्र चार नम्बर प्रदेशको समृद्वि बिरुद्व भएको जनाइएको छ ।सवै प्रक्रिया पूरा भयो भनेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले विमानस्थल शिलान्यास गरेको स्मरण गराउँदै आज उनै ओली प्रधानमन्त्री भएका बेला उडानका लागि योग्य नभएको प्रतिवेदन तयार पार्न लगाउनु गम्भिर षडयन्त्र भएको उल्लेख छ ।

    विज्ञप्तिमा विमानस्थल निर्माण कार्य सुचारु गरी समयमा नै सम्पन्न गराउन विगतमा जस्तै दबाब आवश्यक रहेको औल्याइएको छ ।
    काँग्रेसले नागरिकको भावनालाई संगठित गर्दै विमानस्थल बिरुद्वका षडयन्त्रलाई निस्तेज पार्ने र जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.