• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट हराएका मोटरसाइकल तीन सातामा भेटियो

  •      /२५ जेष्ठ २०७५, शुक्रबार १४:५९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखराबाट हराएको मोटर साईकाल तीन सातापछि फेलापरेको छ।
    पर्वतको फलेवास गाउँपालिका वडा नं १ घर भई हाल पृथ्वीचोक बस्दै आएका शेषकान्त शर्माको मोटरसाइकल हराएको १९ दिनमा भेटिएको हो ।
    पोखरामा बाइक चोरीका घटना बढिरहेका वेला वडा प्रहरी कार्यालय बगरको टोलीले १८० सिसीको पल्सर मोटरसाइकल शुक्रवार धनीलाइ बुझाएको हो ।

    वडा प्रहरी कार्यालय बगरको टोलीले पोखरा लेखनाथ महानगरपालिका वडा नं २५ हेमजा मिलनचोकमा बेबारिसे अवस्थामा पार्किङ गरेको अवस्थामा ग १३ प ७१५६ नं को उक्त १८० सिसीको पल्सर मोटरसाइकल फेला पारेको प्रहरी निरिक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

    १९ दिन अघि पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा विरामी श्रीमतीलाई खाना खुवाएर फर्कँदा आधा घण्टाको समयावधिमा पार्किङस्थलबाटै मोटरसाइकल हराएको शर्माले बताए । फेला परेको उक्त मोटरसाइकल प्रहरीले शुक्रवार मोटरसाइकल धनी शर्मा लाई वडा प्रहरी कार्यालय बगरमै बोलाएर बुझाएको हो ।
    केही दिन अघि पनि पोखरा २५ मा नै बगर प्रहरीले फेला पारेको ग १४ प ५५६५ नं को पल्सर मोटरसाइकल सवारी धनी गोरखाघर भई हालगैह्रापाटन बस्दै आएका सञ्जोग थापा मगरलाई वडा प्रहरी कार्यालय बगरमै बोलाएर बुझाइएको प्रहरी नायव निरिक्षक नरेन्द्रजंग कार्कीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.