दुई कम्युनिष्ट पार्टीबीच केन्द्रमा भएको एकतासंगै कास्कीमा कार्यालय मर्ज
/२६ जेष्ठ २०७५, शनिबार ०८:१३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । केन्द्रमा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जिल्ला स्तरमा पनी नेता कार्यकर्ता सहित कार्यलयहरु मर्ज हुन थालेका छन्। यसै क्रममा शनिवार पोखरामा साविक दुई पार्टीका कार्यालयहरुलाई एउटै पार्टीको बोर्ड टाँसेर उद्घाटन गरिएको छ ।
साविक एमालेको कार्यालयलाई नेकपाको जिल्ला कार्यालयको रुपमा स्थापना गरिएको छ भने साविक माओवादी केन्द्रको कार्यालयलाई जिल्ला सम्पर्क कार्यालयको रुपमा परिमार्जन गरिएको छ ।
एकीकृत बोर्ड राख्ने विशेष कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु, सांसदहरु र नेताहरुले संयुक्त रुपमा अनावरण गरे । कार्यक्रमको सहजीकरण सांसद प्रभा कोइरालाले गरेकी थिईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता तथा साविक एमालेका जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टीका तल्ला कमिटी एकीकरणको तयारी सुरु भएको जानकारी गराए । उनले दुई कमिटीलाई मर्ज गर्नका लागि प्रदेश र जिल्ला स्तरमा कार्यदल गठन भएको भन्दै उचित जिम्मेवारी सहित छिटै एकीकरण गर्ने बताए । थापाले आजदेखि कास्कीमा दुवै पार्टी र पार्टीगत संगठनका फरक बोर्ड नहरने घोषणा गरे ।
नेकपाका अर्का नेता साविक माओवादीका बखानसिंह गुरुङले विस्तारै पार्टी र जनवर्गीय संगठन एकीकरण गर्दै लैजाने धारणा राखे । उनले नेतृत्वले ईच्छाशक्ति र आँट गरेर एकीकरण गरेपछि तल्ला तहमा पनि उत्साह आएको भन्दै छिटै जिल्ला स्तरीय कार्यक्रम हुने बताए ।

Related