• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीको उत्तरी क्षेत्र सिक्लेस देखी हिमाल फेदीको कोरीसम्म केबलकार बन्ने

  •      /२७ जेष्ठ २०७५, आईतवार ०४:०० ,  प्रकाशीत
  • पोखरा । मादी गाँउपालिकाको सिक्लेसबाट हिमालफेदीसम्म केबलकार सम्भव भएको प्राविधिक टोलीले जनाएको छ । गाँउपालिकाको योजनामा क्युबिक इन्जिनियरिङ कन्सल्टेन्सीले तीन महिना लगाएर अध्ययन गरि कन्सल्टेन्सीले गाँउपालिकालाई सो प्रतिवेदन बुझाएको छ ।

    यसैबिच सो प्रतिवेदन शनिबार सार्वजनिक गरिएको छ । सिक्लेसको भुलुचुदेखि हिमालफेदीको कोरी भन्ने ठाउँसम्म केबलकार सञ्चालन गर्नसम्भव देखिएको कन्सल्टेन्सीका निर्देशक इन्जिनियर दण्डराज पौडेलले बताए । उनले भने, ‘एउटा केबुलकारमा ६ जना बस्न मिल्ने गरी प्रतिवेदन तयार पारेका छौं ।’

    केबुलकार सञ्चालन गर्न १ अर्ब ५० करोडको प्रारम्भिक लगानी लाग्ने प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार केबुलबार सञ्चालन भएपछि वार्षिक रुपमा ३६ करोड बराबरको आम्दानी र १० करोड बराबरको खर्च हुनेछ । ‘यसरी हेर्दा साढे ५ वर्षमै लगानी फिर्ता गर्न सकिन्छ,’ इन्जिनियर पौडेलले भने । १२ सयजना यात्रुले १ दिनमा केबलकारबाट आवतजावत गर्ने अनुमान गरी कन्सल्टेन्सीले प्रतिवेदन तयार पारेको इन्जिनियर पौडेलले बताए । उनले भने, ‘१ घन्टामा ३ सयजनाले केबुलकारको यात्रा गर्न सक्नेछन् ।’

    ६.५ किलोमिटर दुरीमा बन्ने उक्त केबुलकारका लागि ५ प्रकारका २१ वटा केबल टावर राख्न सकिने कन्सल्टेन्सीका निर्देशक पौडेलले बताए । केबुलकारमा माथि जाँदाभन्दा तल आउँदा धेरै समय लाग्ने निर्देशक पौडेलले जानकारी दिए । ‘जाँदा १५ मिनेट लाग्ने देखिन्छ भने आउँदा २० मिनेटसम्म लाग्नसक्छ,’उनले भने, ‘भौगोलिक कारणले गर्दा माथिभन्दा तल आउँदा केही समय बढी लाग्ने देखिएको हो ।’

    सम्भाव्यता अध्ययनका लागि कन्सल्टेन्सीका तर्फबाट ५ जना विज्ञ र ४ जना सहायकले अध्ययन गरेको पौडेलले बताए । उनले भने, ‘वातावरण, भूगोल, सिभिल इन्जिनियर लगायतको विज्ञ टोली थियौं ।’ टोलीले केबुलकार निर्माण गर्ने भनिएको ठाउँको स्थलगत अध्ययन गरेको उनले जनाए । यो प्रारम्भिक अध्ययन मात्रै भएकाले विदेशी विज्ञ टोली ल्याएर अध्ययन गर्नुपर्ने खाँचो रहेको पौडेलले बताए । ‘विदेशी विज्ञले तयार पारेको प्रतिवेदनसँग हाम्रो प्रतिवेदन भिडाएर मात्र थप तथ्य निकाल्न सकिन्छ,’ उनले भने, ‘अहिलेसम्म नेपालका कुनैपनि केबुलकारको सम्भाव्यता अध्ययन गरिएको छैन ।’

    मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले केबलकार सञ्चालन सकारात्मक भए प्रदेश तथा पोखरा महानगरपालिकासँग सहकार्य गर्ने बताए । उनले भने, ‘निजी क्षेत्रसँग पिपिए मोडलमा पनि काम गर्न सकिन्छ ।’ मादीमा केबुलकार सञ्चालन गर्न चिनिया कम्पनी पनि सकारात्मक भएको गुरुङले जानकारी दिए । उनका अनुसार चिनियाँ टोलीले पनि अहिले सोही केबुलकारका लागि छुट्टै अध्ययन गरिरहेको छ । उनले भने, ‘चीनबाट आएका २ इन्जिनियरसहितको टोलीले अर्को प्रतिवेदन तयार पारिरहेको छ ।’ प्रदेश सांसद मनबहादुर गुरुङले केबुलकार सञ्चालनपछि मादी गाउँका बासिन्दा सुखी र समृद्ध हुने अपेक्षा राखे ।

    प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मादी गाउँपालिकामा केबुलकार सञ्चालन भए प्रदेशमा पनि पर्यटक बढ्ने बताए । उनले भने, ‘केबुलकार सञ्चालन आयो भने सिंगो प्रदेशमा हामीले भने जस्तै वर्षमा २२ लाख पर्यटन भित्र्याउन सहयोग पुग्छ ।’ उनले पर्यटनलाई मुख्य नीति तथा योजनामा पारेकाले केबुलकारले पनि पर्यटन व्यवसायलाई सहयोग गर्ने बताए

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.