कास्कीका सांसद अधिकारीको आक्रोश पोखरा अन्तर्रािष्ट्रय विमानस्थल बिरोधी किरालाई थुतेर कारवाही गरियोस्
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्व मन्त्री खगराज अधिकारीले पर्यटन मन्त्रालयमा विकास विरोधी एजेन्ट घुसेको दाबी गरेका छन् । ‘पोखरामा अन्तर्रा्ष्ट्रिय उडान हुनै सक्दैन’ भनेर विज्ञ समूहको रिपोर्ट आएको भन्दै उनले आपत्ति जनाए ।
संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद अधिकारीले नेपाल सरकाले एकपैसा लगानी नगरिननै चीन सरकारको लगनीमा अगाडि बढेको विमानस्थल निर्माणमा १५ प्रतिशत काम भइसकेको अवस्था षडयन्त्रपूर्वक रिपोर्ट आएको दाबी गरे ।
उनले भने, ‘कुन विशेषज्ञको नाममा नक्कली ढंगले पोखरामा अन्तर्रा्ष्ट्रिय उडान हुन सक्दैन भन्ने अधिकार कसले दियो ? उनीहरुमाथि छानविन भएर काबारही हुन्छ कि हुँदैन ?’कास्कीका सांसद समेत रहेका अधिकारीले पोखरा विमानस्थल निर्माणलाई कुनै ताकतले रोक्न नसक्ने दाबी गरे । उनले भने, ‘त्यस्ता विकास विरोधी किरालाई थुतेर कारबाही गर्ने आँट पर्यटन मन्त्रालयले राख्छ कि राख्दैन ?’
कास्कीबाटै निर्वाचित भएर पर्यटन मन्त्री बनेका रविन्द्र अधिकारीले नेपालका विमानस्थतको अध्यायन गर्न गठित समितिले पोखरामा बनिरहेको विमानस्थतका वारेमा भ्रम पूर्व अभिब्याक्ती दिएपछि पोखरेली समेत आक्रोशित भए छन।
पर्यटन मन्त्री अधिकारीले गठन गरेको समुहले विकास विरोधि प्रतिवेदन पेश गरेको भन्दै पोखराको विभिन्न संघ सस्था र जनता आक्रोशित भएपछि सांसद अधिकारीले समय लिएर संसदमा कुरा उठाएका हुन्।
Related