पोखरा । पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ । तालमा ३ वटा र नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको प्रहरीले जानकारी दिएको छ।
फेवा तालमा खसेका २ वटा प्याराग्लाईडिङको उद्धार भएको र अरु खोजि भैरहेको प्रहरीले जनाएको छ। मानवीय क्षतिबारे खुलेको छैन । प्रहरी खटाएर खोजी भैरहेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।
पोखरामा एक्कासी आएको हावाहुरी सहितको पानीले सराङकोटबाट उडेका प्याराग्लाईडिङ खसेका हुन् । आईतबार मात्रै सय भन्दा बढी प्याराग्लाईडिङ उडेका थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।
यसैबीच, तालमा डुंगा समेत पल्टिएको छ । मान्छे सवार नभएका कारण मानवीय क्षति नभएको बताईएको छ। फेवातालमा रेस्क्यु टोली खटिएको छ ।

Related