अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच ऐतिहासिक भेटवार्ता
तपाईको प्रतिक्रिया





अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमो ऐतिहासिक शिखर वार्ता भएको छ । दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो । वार्तास्थलबाट सँगै निस्किएका अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबिच सौहार्दपूर्ण वार्ता भएको जानकारी गराए ।
परमाणु निशस्त्रीकरणबारे डोनाल्ड ट्रम्पले यसबारे आफूहरुसँगै काम गर्ने जानकारी दिए । सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग ऐतिहासिक एक्ला एक्लै वार्ता गरेका हुन् । सबैभन्दा पहिले आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारेका थिए ।
त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे । यति भनिसकेपछि उनीहरू एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए । दुई नेताबीचको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षका अधिकारीहरू कार्यसूची सहित दिवाभोजमा सहभागी भएका छन् ।
वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गरेका हुन् । दुई नेताबीच भएको यो प्रथम भेटलाई विश्व राजनीतिको ऐतिहासिक क्षण मानिएको छ ।
Related