पोखरा । पोखरामा महिला उद्यमी मेला सुरु भएको छ । पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा चार दिनसम्म चल्ने मेलाको बुधबार प्रदेश नम्बर ४ की कार्यबाहक सभामुख सृजना शर्माले उद्घाटन गरिन् ।
‘आर्थिक सम्वृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका साथ सुरु भएको मेलाको उद्घाटन गर्दै प्रदेश नम्बर ४ का कार्यबाहक सभामुख सृजना शर्माले हरेक क्षेत्रमा महिला सहभागिताको लागि महिला स्वयं नै क्रियाशील हुनुपर्नेमा जोड दिईन् ।
आर्थिक सम्वृद्धि नभए महिलाहरु राजनीति र अन्य कुनै पनि क्षेत्रमा सफल हुन नसक्ने तर्क गर्दै उनले महिलाहरुलाई उद्यमशील बन्न आग्रह पनि गरिन् ।महिलाद्धारा उत्पादित बस्तुहरुको बजारीकरण, सहुलियत दरमा ऋण प्रदान तथा साना उद्योग प्रवद्र्धनको लागि तीनै तहका सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जग्गाको भाउ बढेकाले अहिले महिलाले मात्र हैन, जो कोहीले पनि जग्गा किनेर उद्योग राख्न गाह्रो भएको बताए ।
बैंकहरुको बढ्दो ब्याजले उद्योग÷व्यवसाय गर्न अप्ठेरो परेको बताउँदै उनले ब्याजदर नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले महिलाहरुलाई निरन्तर व्यवसायमा लाग्न र हतोत्साही नहुन पनि सुझाब दिए।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले प्रदेशलाई सक्षम बनाउन तथा देशको अर्थतन्त्र माथि उकास्नको लागि महिला उद्यमशीलता बढ्नुपर्नेमा जोड दिए ।
शुभकामना व्यक्त गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले महिलाहरुले पुरुषका हरेक पाइलामा साथ दिँदै आएकोमा धन्यवाद ज्ञापन गर्दै उद्यमशीलताको लागि सघाउन पोखरा उद्योग वाणिज्य संघ सदैव तयार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य कमला श्रेष्ठले महिला उद्यमशीलताको विकासको वातावरण बनाउन राज्यले प्रोत्साहनको नीति ल्याउनुपर्नेमा जोड दिईन् ।
प्रदेश नम्बर ४ का सभासद प्रभा कोइरालाले महिलाहरु कसैको बाधक नभएको बरु उद्यमशीलताको लागि पुरुषहरुको पनि सहयोगी रहँदै आएको बताउँदै उद्यमशीलता बढाउन मेला सहायक हुने धारणा व्यक्त गरिन् ।
मेलाका करिब ७० वटा स्टलहरुमा देशैभरका महिला उद्यमीहरुको उत्पादनहरु बिक्री तथा प्रदर्शनीमा राखिएका छन्।
महिलाहरुद्धारा संचालित लघु उद्योग, हस्तकला, ढाका कपडा उद्योगबाट उत्पादित खाद्य, घरायसी एवं लत्ताकपडाहरु मेलाको आकर्षण बनेका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी विकास उपसमिति मेलाको आयोजक हो ।
नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति तथा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास उपसमितिले पनि मेला आयोजनामा सघाएका छन् ।
शुभेच्छा न्यूज

Related