• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चक्कुले ११ वर्षीय छोराको घाँटी रेटेपछि श्रीमती र आफ्नै घाँटी रेटे रामजीले : छोराको मृत्यु, दुईको उपचार हुँदै

  •      /३० जेष्ठ २०७५, बुधबार १२:२१ ,  प्रकाशीत
  • पोखरा: पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारमा बावुले आफ्नै छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। मकवानपुर स्थाई घर भई हाल पोखरा रामवजार कालिका मार्ग बस्ने वर्ष ४० का रामजी घलेले आफ्नो ११ वर्षका छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका हुन्।

    बुधवार बिहान अन्दाजी ३ बजेको समयमा घलेले तरकारी काट्ने चक्कुले छोरा ज्ञापन घलेको घाँटी काटेर हत्या गरेपछि श्रीमति सुमित्रा ठकुरी र आफ्नो पनि घाँटी रेटेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ।

    गर्भवती अवस्थामा रहेकी सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अप्रेशन गरेर मृत वच्चा निकालिएको प्रहरीले जनाएको छ। उनको घाँटीको अघिल्लो भागमा काटिएको छ। गम्भीर अवस्थामा रहेका घलेको पनि मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले घटनाको प्रहरीले अनुसन्धान गरिहेको र घटनामा वबहिरी व्यक्तिको संलग्नता नभएको बताए। श्रीमान रामजी घले नै घटनाका मुख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानवाट खुलेको रानाको भनाई छ।

    ‘सुमित्राले मलाई रामजीले मारेको हो भनेर भित्तामा रगतले लेखेको फेला परेको छ। सबैभन्दा ठूलो प्रमाण त्यही हो,’एसपी रानाले भने, ‘घरपरिवारमा वुझ्दा पनि वाहिर शंका गरेको छैन। सुमित्रा अहिले वेहोस छन्।, उनी होसमा आएपछि सवै कुरा खुल्छ’उनले भने। घटनाको अनुसन्धान भईरहेको र केही दिनमै यथार्थ विवरण आउने रानाले बताए।

    pahiloposat

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.