अवकासपछि दुई बर्षसम्म कर्मचारीले आइएनजिओमा काम गर्न पाउँदैनन् ः मन्त्री पण्डित
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले अवकास लिएको दूइबर्ष सम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताएका छन् ।
पत्रकार महासँघ कास्कीद्धारा आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकास पाउनेबित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गाप्य सूचना चुहिने गरेकोा बताए ।‘कार्यलयमा कार्यरत भएकै बेला एनजिओ, आइएनजिओको डिल मिलिसकेको हुन्छ ’उनले भने। ‘एनजिओ, आइएनजिओ तिर छिर्ने बित्तीकै सरकारी सूचनाहरु त्यतै प्रयोग भईसक्छ।’
मन्त्री पण्डितले भने, ‘हाम्रो सूचना बाहिर चुहिन नपाओस्। कर्मचारी प्रति राष्ट्रले लगानी गरेको छ । त्यसको प्रतिफल राष्ट्रले नै पाउनु पर्छ।’
मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीलाई अवकासपछि पनि देशमै काम गर्ने गरी व्यवस्था मिलाउने बताए ।
कर्मचारीलाई सरकारले जुनसुकै ठाँउमा खटाउन सक्ने उनको भनाइ छ ।एउटै कार्यालयमा हालिमुहाली गर्ने कर्मचारीको सरुवा गर्ने उनले बताए। ‘आफुलाई पायक पर्ने ठाउँमा मात्रै कर्मचारीहरु बस्ने पबृत्तिको अन्त्य गर्दे सेवामुखी बनाउनका लागि कर्मचारीहरुको सरुवा गर्ने सरकाको उदेस्य हो’उनले भने ।’ ‘कर्मचारीको कार्यक्षेत्र पोखरामात्र होईन। मुस्ताङका जनताले पनि यहाका जनता सरह सेवा सुबिधा पाउनुपर्छ।”
‘पोखरा,काठमाडौंमै सेवा गर्न पाए खुशी हुने नत्र बेखुशी हुने प्रबृत्ति छ। देश भनेको हुम्ला, जुम्ला मुगुदेखि लिएर मनाङ, मुस्ताङ पनि देश हो । त्यहाँ पनि जनता छन् । सरकारले त्यहाँ पनि सेवा गर्नुपर्छ ।’मन्त्री पण्डीतले भने।
राष्ट्रसेवक कर्मचारीलाई अवकासपछि पनि देशमै काम गर्ने गरी व्यवस्था मिलाउने उनले बताए। ‘राष्ट्रसेवक जो विशिष्ट श्रेणीबाट रिटायर्ड भएका छन् उनीहरु बाँचुञ्जेल राष्ट्रको सल्लाहकार हो ।’
उनले राष्ट्रसेवकलाई उत्साहित भएर काम गर्न आग्रह गर्दै सरकारले उचित सेवा सुविधाको व्यबस्था गर्ने योजना रहेको बताए।
Related