पोखरा । पोखरा विमानस्थलमा अपरान्ह ल्याण्ड गर्ने क्रममा यति एयरलाइन्सको जहाजले धावनमार्ग छाडेको छ । काठमाण्डौवाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको एजयू ६८१ कलसाईनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनावाट जोगिएको हो ।
अपरान्ह पौने तीन बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा २५ मिटर टाढा घाँसे मैदानमा जोतिन पुगेको थियो ।
पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार अनुसार जहाजमा यात्रा गर्ने सवै यात्रु सकुशल छन् । ‘जहाज धावन मात्रबाट २५ मीटर जति घासे मैदानमा जोतिन पुगेनको छ’ उनले भने। ‘अन्य भौतिक र मानवीय क्षती केही भएको छैन।’
विमानले रनवेलाई डिष्ट्रव नगरेको कारण उडान अवतरणमा समस्या नभएको उनले वताए । मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन ।
काठमाण्डौवाट ईन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने पौडेलले बताए । झण्डै दुई महिना अधिपनि एतिएयरलाइन्सको जहाजको नोजल लक भएर धावनमार्गमा दुर्घटना भएको थियो। फेरी २ महिनाको अवधिमा यतीकै जहाज दुर्घटनामा परेको हो।
शुभेच्छा न्यूज

Related