क्याप्टेन केनको दुई गोलको मद्दतले इङ्गल्यान्ड विजयी
/५ असार २०७५, मंगलवार ०३:१७ , प्रकाशीत
इङ्ग्लिस टिमका क्याप्टेन ह्यारी केनको दुई गोलको मद्दतले इङ्ग्ल्यान्ड समूह ‘जी’ मा ट्युनिसियासित अङ्क बाँड्नबाट जोगिएको छ।
सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको इङ्ग्ल्यान्ड फिनिसिङमा असफल भइरहँदा ११ औँ मिनेटमा ह्यारी केनको गोलले अग्रता कायम गर्न सफल भयो।
तर मध्यान्तरको पाँच मिनेट अगाडि इङ्ग्लिस डिफेन्डर वाकरले पेनाल्टी बक्समा गरेको च्यालेन्जका कारण ट्युनिसियाले पेनाल्टी पायो। फेरिजानी सासीले बटम कर्नर च्यापेर हानेको पेनाल्टीलाई गोलकिपर पिकफोर्डले सही अनुमान त लगाएका थिए। तर उनले बल छेक्न भने सकेनन्।
यो विश्वकपमा अफ्रिकी टिमको यो पहिलो गोल पनि थियो। ठीक यस्तै खालको च्यालेन्ज ह्यारी केनलाई गरेवापत भने इङ्गल्यान्डले पेनाल्टी पाउन सकेन।

Related