मलेसियामा साथीको कुटाइबाट मृत्य भएका नविनको शव घरमा पुर्याउदा शोकमा डुब्यो गाँउ
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पर्वत /साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शब तीन हप्ता पछि नेपाल आएको छ ।पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका मृतक केसीको शब सोमबार बिहान घरमा आएको हो । जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए।
मृतकको केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शबमा दागबत्ती दिएका दिए । रोजगारीका लागि बिदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ । मृतकको शब गाउँमा आइपछि सयौ गाउँलेहरु श्रद्धाञ्जली दिन पुगेका थिए ।
‘सिंगो गाउँ नै शोकमा डुबेको थियो ’ स्थानियबासी तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतका नेता भक्त कुवँरले भने ‘शब देखेपछि आँशु नझार्ने कोही भएन ’
रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका ४ जनाले नसिवमाथि आक्रमण गरेका थिए। संगै काम गर्ने नेपाली युवाहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।
२० महिना अघि रोजागरीका लागि मलेसिया पुगेका केसी परिवारका कान्छा सन्तान हुन । उनी अविबाहित थिए । उनका पिता भिमबहादुर केसी पनि बैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए ।
केसी कुटपिट गरि हत्या गर्ने साथीहरु चारै जना प्रहरी नियन्त्रणमा रहेपनि एक जनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ । चारै जना दोषी भएपनि एक जनालाई जिम्बेवारी स्विकार गर्न लगाई अन्य रिहा भएको सुचना आएको नेता भक्त कुवँरले बताए ।
Related