• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चाणक्य नीतिका अनुसार पुरुषहरुले जीवनभर गोप्य राख्नुपर्ने कुराहरु

  •      /५ असार २०७५, मंगलवार १०:५८ ,  प्रकाशीत
  • प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन् चाणक्य । उनको जीवन दर्शन पुर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल रणनीतिकार समेत थिए । उनकै कुटिल चालका कारण नै सम्राट सिकन्दरले भारत छोड्न बाध्य भएका थिए । चन्द्र गुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । तीनै महान व्यक्तिले भनेका गोप्य राख्नुपर्ने केही महत्वपूर्ण भनाईहरु यहाँ प्रस्तुत छ ।

     

    गोप्य राख्नुपर्ने कुराहरु :

    १) धन सम्बन्धि :

    चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने पहिलो कुरा धनको लाभ र हानीको बारेमा कसैलाई पनि नभन्न उनले सुझाएका छन् । उनका अनुसार धन सम्बन्धि मामलामा कसैसँगपनि कुरा नखोल्न उसले बताएका छन् । समाजमा गरिव व्यक्तिलाई सजिलै धन प्राप्त नहुने भएका कारण सदा धन सम्बन्धि कुरा गोप्य राख्नुपर्ने उनले बताएका छन् ।

    २) आफ्नो दुःख :

    उनले दोस्रो कुरा आफ्नो दुःख अरुको अगाडि नभन्न भनेका छन् । आफूमा भएको सन्ताप र दुःखहरु अरुको अगाडि नभन्नुनै बुद्धिमानी हुने उनको राय छ । आफ्नो दुःख अरुलाई भन्दा दुनियाँले मजाकको मात्र बनाउने उनले भनको छन् ।

    ३) आफ्नो घर परिवारको आन्तरिक बिषय  :

    उनले गोप्य राख्नुपर्ने तेस्रो कुरामा गृहणीको चरित्र बताएका छन् । आफ्नो श्रीमतिसँग जोडिएको हरेक कुरा गोप्य राख्नुपर्ने उनले सुझाव दिएका छन् । आफ्नो घर परिवारको आन्तरिक कुराहरु दुनियाँले थाहा पाउँदा भविष्यमा भयानक दुर्घटना हुन सक्ने उनको ठहर रहेको छ ।

    ४) आफूलाई अपमान गरेको बिषय  :

    जीवनमा कुनै नीच व्यक्तिलाई आफूलाई अपमान गरेको छ भने पनि त्यस्तो कुरा जीन्दगीभर कसैलाई नभनी गोप्य राख्नुपर्ने सुझाव चाणक्यले दिएका छन् । यस्तो कुरा अरुले थाहा पाए दुनियाँले मजाक उडाउने उनको तर्क रहेको छ ।

    nepalpatra

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.